arrow

नक्कली एप डाउनलोड हुनबाट कसरी बच्ने ? 

logo
प्रकाशित २०७५ साउन २० आइतबार
apps.jpg

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या लगाताररुपमा बढिरहेको छ । यसले पपनि स्मार्टफोनमा मानिसहरुको आकर्षण कस्तो छ भन्ने कुरालाई देखाउँछ । 

यस्तोमा स्मार्टफोनमा प्रयोग हुने नक्कली एपको बजार पनि बढे क्रममा रहेको देखिन्छ । नक्कली एपबाट छुटकारा पाउनका लागि प्रयोगकर्ता आफैं सचेत हुनु जरुरी देखिन्छ । यसरी डाउनलोड गरिएका एपहरुले स्मार्टफोनमा भाइरस तथा अन्य समस्याहरु पनि जन्माउन सक्छन् भने तपाइँका विवरणहरु हासिल गर्न पनि सक्छन् । 

उस्तै लाग्ने नक्कली एपहरुबाट बच्न निम्न विषयहरुमा ध्यान दिनु जरुरी हुन्छ – 

१. आधिकारिक एप स्टोरबाट डाउनलोड गर्ने 

सबैभन्दा महत्वपूर्ण कुरा एपहरु डाउनलोड गर्दा सधैं आधिकारि स्टोरबाट डाउनलोड गर्नु राम्रो हुन्छ । अन्य स्थानहरुबाट पनि एपहरु डाउनलोड गर्न सकिन्छ तर आधिकारिक साइट मात्र सुरक्षित हुन्छ । आधिकारिक साइटहरुमा कुनै नक्कली एपहरु फेला परेको खण्डमा त्यसलाई तत्कालै हटाइन्छ । सधैं आधिकारिक साइटबाट मात्र एप डाउनलोड गर्ने बानीले नक्कली एप डाउनलोड हुने खतरा निकै कम हुन्छ । 

२. एपको विवरण पढ्ने

यदि कुनै एपको विवरणहरुमा धेरै स्पेलिङ र ग्रामरमा गल्ती भेटियो भने ढुक्क हुनुहोस्, त्यो नक्कली एप हो । विश्वासिला निर्माताहरुले त्यस किसिमको गल्ती गर्दैनन् । त्यसैले एपको आधारभूत विवरण गल्ती छ भने त्यस्ता एपहरु डाउनलोड नगर्दा राम्रो हुन्छ ।
 
३. एपहरुप्रतिको मानिसहरुको प्रतिक्रिया हेर्ने

एप स्टोरमा राखिएका एपहरुमा मानिसहरुले कस्तो किसिमको प्रतिक्रिया दिन्छन् भन्ने कुराहरुलाई पनि ध्यानमा राख्नु राम्रो हुन्छ । यदि प्रतिक्रियामा कुनै पनि नराकारात्मक टीप्पणी गरिएको छैन भने त्यस किसिमका एपहरु डाउनलोड गर्दा ठिक हुन्छ । 

४. निर्माताहरुको पृष्ठभूमिको अध्ययन गर्ने

कुनै पनि एप डाउनलोड गर्दाको समयमा एप निर्माताहरुको पृष्ठभूमिको विषयमा पनि अध्ययन गर्नु राम्रो हुन्छ । निर्माताहरुको विषयमा स्टोरहरुले राखेको विवरणहरु निकै महत्वपूर्ण हुन्छन् । कुनै पनि एप डाउनलोड गर्नुभन्दा पहिले उक्त विवरणहरुको अध्ययन गर्नाले उक्त निर्माताहरु कति विश्वसनीय छन् भन्ने कुरा थाहा पाउन सकिन्छ । 

५. कतिपटक डाउनलोड भएको छ हेर्ने 

कुनै पनि एप डाउनलोड गर्नुभन्दा पहिला कतिपटक डाउनलोड गरिएको छ भन्ने कुरालाई ध्यानमा राख्नु जरुरी हुन्छ । विश्वसनीय एपहरु धेरैपटक डाउनलोड गरिएको हुन्छ । यसबाट पनि एप नक्कली हो वा होइन भन्ने कुराको अनुमान लगाउन सकिन्छ । यद्यपि यी टिप्सहरुले पूर्णरुपमा तपाइँलाई नक्कली एपहरु डाउनलोड गर्नबाट भने रोक्न सक्दैन तर डाउनलोड गर्दाको समयमा यी कुराहरुलाई दिमागमा राख्नु राम्रो हुन्छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ