arrow

पत्रकारहरुबीच आमसञ्चार प्रतिष्ठानकै बहश

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
ललितपुर। नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारहरुको न्यूनतम पारिश्रमिकको कुरा उठाउँदा सञ्चारगृहहरुले आफ्नो संस्था घाटामा गएको बहाना बनाउने गरेको बताएका छन्। 
 
नेपाल पत्रकार महासङ्घ, ललितपुरले आयोजना गरेको वार्षिक साधारणसभा उनले आफ्नो सञ्चारगृह सञ्चालन गर्न पर्याप्त लगानी हुने तर पत्रकारलाई सेवा सुविधा तथा पारिश्रमिक दिनुपर्ने भएपछि घाटामा गएको देखाउने प्रचलनको विरोध गरे । सञ्चार क्षेत्रको विकाससँगै यसमा हुने लगानी कहाँबाट भएको हो त्यसको पारदर्शीता हुनुपर्नेमा उनको माग थियो । पत्रकारहरुको क्षमता विकासको अभिवृद्धि गर्न छिट्टै सञ्चार प्रतिष्ठानको स्थापना गरिनुपर्नेमा पनि उनको जोड थियो । 
 
प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले पत्रकारिता पेसा स्वतन्त्र हुनुपर्नेमा जोड दिए । पत्रकारिता विषयमा दक्ष व्यक्तिले मात्र सहीरुपमा कलम चलाउन सक्ने उनको भनाइ थियो । 
 
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले स्व कृष्णप्रसाद भट्टराईको नाममा स्थापना हुन लागेको आमसञ्चार प्रतिष्ठानबाट भट्टराईको नाम हटाउनु आपत्तिजनक भएको बताए । 
 
ललितपुर महासङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकारका क्षमता विकासका लागि प्रशिक्षणको आवश्यकता भएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ