arrow

कोरियामा काम गदै गीत गाउँदै लोकेन्द्र चन्द

logo
आदर्श के सी,
प्रकाशित २०७५ साउन २० आइतबार
lokendra-chand.jpg

दक्षिण कोरिया । कोरिया निकै ब्यस्त छ। कोरियाका नागरिक हुन या विदेशी नागरिक श्रम नगरि सुखै छैन।कोरियामा बसेपछि पैसा कमाउन निरन्तर काम गर्नु अनिबार्य बाध्यता  हो। कोरियामा श्रम नगरी न विदेशीले खान पाउँछन न कोरियाली नागरिकले नै। सबैले सधै काम गर्न परेपछि निकै ब्यस्त रहनु कोरियाको जीवन शैली हो।

कहिलेकाही पाइने फुर्सदमा नयाँ ठाउँमा घुम्न जाने रमाइलो गर्ने यहाँका मानिसहरुको चलन छ। आज भोली कोरियामा अत्यधिक गर्मी भएकाले केहि दिन कम्पनीहरुमा बिदा छ। यही विदामा कोरियाका समुन्द्रहरुमा नेपाली तथा बिदेशीहरु पौडी खेल्न, रमाइलो गर्न निकै भिडभाड छ। त्यस्तै फुर्सदमा रहेका नेपालीहरु कोही रमाइलो भेटघाट गर्छन भने कोही विभिन्न सामाजिक संघ संस्थाको कार्यक्रममा सहभागी हुन्छन्।

बेला बेलामा पाइने यस्तै फुर्सदमा पश्चिम रुकुमका लोकेन्द्र चन्द भने गीत संगितमा आफुलाई ब्यस्त बनाइहाल्छन्। ८ देखी १२ घण्टा रात दिन काम गर्ने चन्दले गाउँ ठाउँका मौलिक भाकाको रचना तथा ति रचनामा आफनो स्वर समेत दिन्छन।  

रमाइलो पक्ष त के छ भने कोरियामा लोकेन्द्रले विकसित प्रबिधिको सदुपयोग गरेर गीत रेकर्ड गर्दै आएका छन्। साथीहरुले नेपालबाट संगित भरिएको ट्रयाक इमेल गर्छन अनि लोकेन्द्र त्यही ट्रयाक लिएर राजधानी सौलतिर रेर्कडिङमा जान्छन् । कोरियामा उनले स्वर शब्द भरेर पुन नेपाल पठाउँछन अनि तयार हुन्छ सांगेतिक कोसेली । यती धेरै मेहनत गरेपछि स्रोताहरुको माया पाउँदा बडो आनन्द मिल्ने चन्द बताउँछन्।

कोरियामा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा हुने लोक दोहोरीको लागी लोकेन्द्रको बाक्लै माग हुन्छ। मौलिक भाकाहरुमा लोक दोहोरी गाउन खप्पिस चन्दका अहिलेसम्म चार वटा गीतहरु रेर्कड भएका छन्।   सँगै हुन पाएन, कान्छी लज्जालु र भर्खरै रेर्कड भएर बजारमा चर्चा कमाएको तिज भाकामा रहेको “कता बग्यो मेलम्ची कहाँ गुड्यो रेल” छन। टप्पा भाकाको गीत केही दिनमा रिलिज हुने चन्द बताउछन्।

भरखरै बजारमा आएको तिज भाकामा रहेको “कता बग्यो मेलम्ची कहाँ गुड्यो रेल” बोलको गीत अत्यधिक मन पराइएको चन्द बताउछन । विषेश गरी अहिलेका प्रधानमन्त्रीले रेल ,पानी जहाजका विषयमा गरेका भाषण तथा नेताहरुलाई ब्यङग्य गरेको गीत निकै स्रोताले मन पराएको र आफुलाई यही गीतले थप चिनाएको चन्द बताउछन्। यस गीतमा सावित्री जोसी, लोकेन्द्र चन्द र नेत्र प्रसाद ज्ञवालीको संयुक्त स्वर रहेको छ।

प्रतिभावान कलाकार नकुल गौतमद्वारा लय तथा शब्द सृजना भएको यस गीतको म्युजिक भिडियो समय सापेक्षित रहेको छ। भिडियोमा दमन रुपाखेती, निरु खड्का, जनक बर्तौला, सरिता गौतम र सागर चौलागाईंको अभिनय रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ