arrow

बैंकहरुबाट प्रयाेगकर्ताको विवरण लिने प्रयासमा फेसबुक

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
facebook3.jpg

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले सोमबार आफ्नो उपभोक्ता सेवा विस्तारको लागि आर्थिक संस्थाहरुसँग छलफल भइरहेको जानकारी दिएको छ । 

पेपल, सिटीबैंक र अमेरिकन एक्सप्रेससँग सम्बन्धित रहेका उपभोक्ताहरुको विवरणको आधारमा आफ्नो सेवा उनीहरुसमक्ष विस्तारको लागि फेसबुकले यस्तो योजना ल्याएको हो । 

फेसबुकले आर्थिक संस्थाहरुलाई उनीहरुको प्रयोगकर्ताहरुको विवरण दिनका लागि आग्रह गरेको हो । जसमा कार्डहरुको विवरण र खाताको रकमको विवरण पनि प्रदान गर्नका लागि अनुरोध गरिएको थियो । 

फेसबुक कम्पनीले आफ्नो यो योजना कुनै विज्ञापन तथा अन्य कार्यक्रमका लागि नरहेको र प्रयोगकर्ताहरुले फेसबुकलाई आफ्नो विवरणहरु दिन राजी भएको खण्डमा मात्र उनीहरुको विवरण आफूले लिने बताएको हो । साथै कम्पनीले यसरी लिइएका विवरणहरु गोप्य राखिने प्रतिबद्धता जाहेर गरेको छ । 

यसअघि पनि फेसबुकले जेपी मोर्गानसँग विवरणहरु साट्ने विषयमा छलफल गरेको थियो । विशेषगरी फेसबुक म्यासेन्जरमा यस किसिमको लिंक राख्ने विषयमा छलफल भएको थियो । अहिले आफूहरुले ल्याएको योजना फोनमा कम्पनीमा यस विषयमा कुराकानी गर्नुभन्दा पनि म्यासेन्जरको सहयोगमा बैंकमा सम्पर्क गर्नु सजिलो हुने फेसबुकको भनाइ छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ