arrow

सलमान र शाहरुखलाई दिल्ली पुलिसको क्लिन चिट

प्रहरीले उनीहरुको क्रियाकलापले धार्मिक आस्थामा कुनै पनि असर नपरेको जनाउँदै क्लिन चिट दिएको हो ।

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
srk-salman.jpg.jpeg
मुम्बई । दिल्ली पुलिसले बलिउड सुपरस्टार खानद्वय सलमान र शाहरुखलाई क्लिन चिट दिएको छ । हालै बीग बोस ९ को सुटिङ सेटमा एक मन्दिर बनाएर फिल्म करण अर्जुनको झल्को दिने गरी अभिनय गरे पछि उनीहरु दुई विरुद्ध धार्मिक आस्थामा आघात पु¥याएको भन्दै अदालतमा मुद्धा परेको थियो । प्रहरीले उनीहरुको क्रियाकलापले धार्मिक आस्थामा कुनै पनि असर नपरेको जनाउँदै क्लिन चिट दिएको हो ।

प्रहरीका अतिरिक्त मेट्रोपोलिटन मजिष्ट्रेट वी के गौतमले अदालतमा प्रस्तुत गरेको रिपोर्टमा भनिएको छ,‘जुत्ता लगाएर एक मन्दिरको सेटमा प्रवेश गर्ने दृश्य रियालिटी शोका लागि अभिनय जस्तै हो, प्रमोशनल सुट एक ार्मिक स्थलको पवित्रता या धार्मिक भावनालाई आहत गर्ने उद्देश्यले गरिएको हुँदैन ।’

निकै लामो समय पछि भेट भएकै कारणले पनि रियालिटी शोका निर्माताले शाहरुख र सलमानलाई मिलन गराउन फिल्म ‘करण अर्जून’को झल्को दिने गरी सेटमा काली मन्दिर बनाएकाले पनि त्यसमा धार्मिक आँच आउने काम नगरिएको भन्दै प्रहरीले सलमान र शाहरुखको बचाउ गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ