arrow

दीपाश्री भन्छिन्,‘बहुमतले मलाई निर्देशक बनाए ।’

दिपाले कमेडी फ्लेबरको ‘लप्पन ६प्पन’लाई एक्सन कट गर्न लागेकी हुन् ।

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
deepak-and-deepa.jpg.jpeg
काठमाडौं । फिल्म ‘६ भने छपक्कै लाइदेऊ’ नामको फिल्म निर्देशन गर्ने भनेर चर्चामा आएकी हाँस्य कलाकार तथा अभिनेत्री दीपाश्री निरौलाले त्यो फिल्म भन्दा पनि नयाँ नाम भएको अर्को फिल्म ‘लप्पन ६प्पन’ निर्देशन गर्ने भएकी छन् । फिल्म ‘६ एकान ६’  र ‘वडा नम्बर ६’बाट फिल्म निर्माणमा सफलताको स्वाद चाखेकी दिपाले कमेडी फ्लेबरको ‘लप्पन ६प्पन’लाई एक्सन कट गर्न लागेकी हुन् ।

‘छ भने छपक्कै लाइदेऊ’मा निर्देशनको कुरा चाहिँ भएको थियो, तर यसमा त्यस्तो केही कुरा थिएन,’दीपाश्रीले भनिन्,‘तर साथीहरुले सुटुक्कै मेरो नाम लिईदिएछन्, मैले पनि फेसबुकबाटै यो कुरा थाहा पाएँ । साथीहरुले बहुमतले मलाई निर्देशकका रुपमा चुनेछन् ।’ केही दिन अघि दीपकराज गिरीले फेसबुकमा नयाँ फिल्मको घोषणा गर्दै निर्देशनको जिम्मा दीपाश्री निरौलालाई दिएको जानकारी गराएका थिए ।

दीपाश्रीका अनुसार फिल्मको फ्लेबर कमेडी भए पनि कथाबस्तु भने अघिल्ला दुई फिल्मको भन्दा भिन्न हुनेछ । ‘हामी गहन विषयको कथा बस्तुमा फिल्म निर्माण गर्दैछौं ।’ उनले भनिन् ।

उनका अनुसार अघिल्ला दुई फिल्ममा अभिनय गरेका सिताराम कट्टेल ‘धुर्मुस’ कार्यव्यस्तताका कारण यसपटक फिल्ममा देखिनेछैनन् । जितु नेपाल, केदार घिमिरे, दीपकराज गिरी भने निर्माणमा दोहोरिनेछन् । कलाकार फाइनल नभईसकेको र केही नयाँ निर्माता पनि टिममा थपिने दीपाश्रीले जनाईन् । उनका अनुसार फिल्मको छायांकन चैत्रबाट शुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ