arrow

प्रेमगीतलाई दुई दिनमा ६९ लाख

वियोगान्त फिल्मले दुई दिनमा ६९ लाख रुपैंयाँको व्यापार गरेको फिल्म निर्माण कम्पनी आसुेसेन फिल्मस्ले जनाएको छ ।

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
Prem.jpg.jpeg
काठमाडौं । भ्यालेन्टाइन डे(प्रेमदिवस)को छेकोमा पारेर गत शुक्रबारबा अल नेपाल रिलिज भएको फिल्म ‘प्रेमगीत’ले शुक्रबार र शनिवारको बिजनेस रिर्पोट सार्वजनिक गरेको छ । प्रेम र गीत दुई पात्रको प्रेमकथा प्रस्तुत गरिएको वियोगान्त फिल्मले दुई दिनमा ६९ लाख रुपैंयाँको व्यापार गरेको फिल्म निर्माण कम्पनी आसुेसेन फिल्मस्ले जनाएको छ ।

कम्पनीका अनुसार फिल्मले शुक्रबार उपत्यका र मोफसल दुवैबाट १८ लाख तथा शनिवार ५१ लाखको व्यापार गरेको छ । ‘दैनिक रुपमा फिल्मको व्यापारमा वृद्धि भईरहेको छ,’कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘आइतबार पनि उपत्यकासहित मोफसलका धरान, दमक, इटहरी, गाइघाट र कटारीलगायतका सिनेमा हलमा दर्शकको ९० प्रतिशत अकुपेन्सी रहेको छ ।’

सन्तोष सेनको लगानीमा सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरीलगायतका कलाकारको अभिनय छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ