arrow

ब्रजेशको साहित्यिक जुनेली सार्वजनिक (प्रमोशनल भिडियो सहित)

किताब विमोचनअघि जुनेलीको कथा झल्काउने भिडियो देखाइएको थियो ।

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
launching-2.jpg.jpeg
काठमाडौ  । ब्रजेश खनालको दोस्रो उपन्यास जुनेली राजधानीमा सार्वजनिक गरिएको छ । ललितपुरको झम्सिखेलस्थित ज्ञानमण्डल मोक्षमा आयोजित कार्यक्रममा सहभागीमध्ये ५ जनाले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन् । सहभागी बसेको कुर्सी मुनि लुकाएर राखिएको किताब भेट्ने ५ भाग्यशालीले किताबको विमोचन गरे । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, सञ्चारकर्मी गौरब पोखरेल र देव न्यौपाने, बन्देश घिमिरे र सनम चित्रकार भाग्मानी ५ सहभागीमध्ये अटाए । 

त्यस्तै किताब विमोचनअघि जुनेलीको कथा झल्काउने भिडियो देखाइएको थियो । भिडियोमा जुनेलीका दुई प्रमुख पात्र चिरागको भूमिकामा गौरब पोखरेल थिए भने डा. सेपालिकाको भूमिका नायिका निशा अधिकारीले निभाएकी थिइन् । 

कार्यक्रममा प्रकाशक संस्था बुकहिलले फेसबुक पेज मार्फत् योजनाबिहीन् तरिकाले छानेका भाग्यमानी पाठक जसले लेखक ब्रजेशको हस्ताक्षरसहितको किताब विमोचनअघिनै हात पारेका थिए उनीहरुको भिडियो प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा थप ८ जना पाठकहरुलाई लेखक र नायक भुवन केसीले उपहार स्वरुप एक–एकप्रति जुनेली वितरण गरेका थिए । भाग्यमानी ८ पाठकमा बिस्तात जीव, महेश हाङ्खिम, चन्द्र सर्तुङ्गे मगर, सिजन श्रेष्ठ, काले भीम दुमी राई, सामना बज्राचार्य, सङ्गीता अड्का र जे.एस जोया श्रेष्ठ थिए । 

घरसम्म पुगेर लेखक र प्रकाशकले विरतरण गरेको पुस्तक हात पार्नेमा राघव सुवेदी, रामबाबु अधिकारी, नुच्छ नारायाण श्रेष्ठ, एस. सहदेव रायमाझी, लक्ष्मी ढकाल, राजन गोदार, शान्ता शर्मा, क्रिस था तनिबी, मानस राज, सरोज उपाध्याय र उद्धव अभिलाषा, डा.केयूर गौतम र प्रकृति कर्माचार्य लिए । 

लेखक ब्रजेशले विमोचनअघिसम्म जुनेली आप्mनोजस्तो लागे पनि अब सबै पाठकको भएको प्रतिक्रिया दिए । आख्यानकार नयनराज पाण्डेले उपन्यासमाथि टिप्पणी गर्दै जुनेली सिक्वेल लेखनमा नेपालमा नौलो प्रयोग भएको बताए । भाषा शिल्प र कथा बनोटले जुनेलीलाई अरु उपन्यासभन्दा धेरै कोणबाट फरक र परिस्कृत मान्न सकिने उनले बताए । 

त्यस्तै बी.बी.सी नेपाली सेवाका प्रमुख एवं ब्रजेशका सहपाठी रविन्द्र मिश्रले अघिल्लो उपन्यास नपढेका पाठकले पनि चाखका साथ पढ्न सक्ने र रिफरेन्सका रुपमा यायावर पढ्न नपर्ने गरी जुनेली तयार भएको बताए । सरल भाषा, आकर्षक कभर र भित्री सेटिङका कारण एकै बसाइमा पनि उपन्यास सकिने मिश्रको भनाइ थियो । 

त्यस्तै नायक भुवन केसीले सिनेमामाजस्तै ब्रजेशलाई लेखनीमा पनि सफलता मिल्ने र जुनेलीले उनको लेखाईलाई थप उचाईमा लैजाने शुभकामना दिए ।  बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार मुलुकभर र अष्ट्रेलियाका विभिन्न शहरमा पुस्तक उपलब्ध छ । यूरोप र अमेरिकाका पाठकले रेडियो राइनो डट नेटमार्फत् यो पुस्तक किन्न सक्नेछन् । 
 
प्रमोशनल भिडियो:
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ