arrow

प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा

logo
प्रकाशित २०७५ साउन २३ बुधबार

विराटनगर । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ ।

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार यहाँ सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ) मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ