arrow

‘कम झन्जटिलो सिमसाग खेती’ आम्दानीको मूख्य श्रोत

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
simsag.jpg.jpeg
विराटनगर । खोलाको बगरमा सिमसागको खेती गरेर पथरी शनिश्चरेस्थित जिरिखिम्तिीका महिलाहरुले मनग्गे आम्दानी गरिरहेका छन्  । अन्य तरकारी खेती जस्तो धेरै मेहेनत गर्नु नपर्ने र उत्पादनपनि बढी हुने भएकाले यहाँका महिलाहरु सिमसागको खेतीतर्फ आकर्षित भएका हुन् ।  
 
मोरङको पथरी शनिश्चिरेका महिलाहरुको मूख्य आम्दानीको श्रोत सिमसाग बनेको छ ।  मोरङ्गी खोलामा ६० भन्दा बढी घरपरिवारका महिलाहरुले सिमसाग खेती गर्दै आएका छन् । अन्य तरकारी खेती जस्तो धेरै मेहनत र लगानी समेत गर्नु नपर्ने र एक पटक रोपेपछि तीन पटक सम्म उत्पादन हुने भएकाले निकै फाइदा हुने जिरिखिम्तीकी पवित्रा कार्की बताउँछन् । 
 
सिमसागबाट घर खर्चका लागि आफ्ना श्रीमानसंग पैसा मागिरहनु पर्ने झन्जटको समेत हटेको उनी बताउँछन् । एक पटक काटेको सिमसाग बिक्रि गर्दा २० देखि ३० हजार सम्म आम्दानी हुने गरेको छ । पथरी शनिश्चरेको जिरिखिम्तीमा पर्ने मोरंगी खोमा उनीहरूले हरेक वर्ष नगदेबालीका रुपमा सिमसागको खेती गर्दै आइरहेका छन् । सिमसाग खरिद गर्न काँकारभिट्टा, दमक, विराटनगर, लगायतका क्षेत्रका व्यापारी घरघरमै आउने गरेकाले उनीहरू सिमेसागको खेतीप्रति झनै आकर्षित हुँदै गइरहेका छन् ।
 
बर्खाको बेला खोलामा बाढी आउने गरेकाले तीन महिना सम्म साग नहुने भएपनि त्यस पछिका सिजनहरुमा भने यहाँका ६० घरपरिवारको आम्दानीको श्रोत भनेको सिमसाग खेती नै हो । सिमसार क्षेत्रमा उनीहरूले हरेक वर्ष नगदेबालीका रुपमा सिमसागको खेती गर्दै आइरहेका छन् । जरुवा खोलाको पानीमै उम्रने भएकाले सिमसागको खेतीलाई कुनै रासायनिक मल लगाउनु पर्दैन ।
 
धेरै दुख पनि गर्न नपर्ने भएकाले यस क्षेत्रका किसानहरु सिमसाग खेती तर्फ आकर्षित छन् । सो वाटो भएर यात्रागर्ने जो कोहीले समेत सिमसाग खरिद गर्ने गरेको पाइएको छ । कुनै पनि रासायनिक मलको मिसावट बिना खोलामा स्वच्छ बग्ने पानीमा उमारिएको अग्र्यानिक सिमसागको व्यापारलाई बढाउन व्यापारिक केन्द्रहरुको ध्यान पुग्न सके यो खेतीले अन्य बालीजस्तै महत्व पाउने स्थानीयको बुझाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ