arrow

लुम्बिनी अस्पतालबाट १ बर्षमा ३ लाख २५ हजारले लिए स्वास्थ्य सेवा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन २४ बिहिबार
Lumbini-Hospital.jpeg

बुटवल।  प्रदेश नं ५को  राजधानी बुटबलमा  रहेको लुम्बिनी अञ्चल अस्पतालमा एक बर्षमा ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन ।

२०७४ साउन देखी ७५ असार सम्म लुम्बिनी अञ्चल अस्पतालमा  ईर्मेजेन्सी ओपीडी अस्पतालमा भर्ना गरेर उपचारसेवा लिने, रोकथाम तथा प्रबद्धक ,डेसिङ चिरफार एनटीरेबिज भ्याक्सीन एचआई भी एडस लागुपर्दाथ पोषण  र पुर्नस्थापना गरि ३ लाख  २४ हजार भन्दा बढीले सेवा लिएका हुन । गतबर्षको  २ लाख ९२ हजार भन्दा बढीले सेवालिएका थिए भने ३ लाख २४ हजार भन्दा बढीले सेवा लिएको अस्पतालका सुचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए ।

रेग्मीका अनुसार २०७१ मा  २ लाख ५५ हजार ४ सय ८४ , ७२ मा  २ लाख ७१ हजार  १ सय ३७ ,७३ मा  २ लाख ७८ हजार २सय ३ ,७४मा  २ लाख ९२ हजार ९ सय २७ र ७५ मा  ३ लाख २४ हजार ५ सय २५ जनाले सेवा लिएका छन । गतबर्षको भन्दा यस बर्ष  ३० हजार बढीले सेवा लिएको बताए ।

रेग्मीका अनुसार ईर्मेजेन्सीमा  ५४ हजार २ सय ३०  ओपीडिमा  १ लाख ३९ हजार ६सय १७  अस्पतालमा भर्ना गरेरउपचार गरेका  १८ हजार ४ सय २२  रोकथाम तथा प्रबद्धक २९ हजार ७ सय १३ डेसिङ चिरफार ५ हजार ३ सय ८०  एआर भि तथा अन्य सुई २३ हजार ८ सय ६० एचआई भी एडस १२ हजार ७ सय ५६ लागुपर्दाथ दुव्यसनी  ४३ हजार ९ सय ६ पोषण  र पुर्नस्थापना १९ सय ९७ जना रहेको  अस्पतालको तथ्याकले देखाएको बताएका छन ।

लुम्बिनी अञ्चल अस्पताल बुटबलका प्रमुख डा कृष्ण प्रसाद खनालले  सेवा थपबृद्धि भैरहेको र चेतनाको कारण सेवा लिनेको संख्या बढदै गएको वताए । डा खनालले  पहिले अस्पताल आउने बिरामी जडिल अबस्थाम मात्र आउने भने अहिले समान्यसमस्या हुदा समेत सल्लाहसुझाबको बढीआउने गरेको बताए ।

अहिले उपचार मा आएका बिरामीको एकपटकमात्र काउन्ट गरेको समेत बताए ।उनीहरु पटक पटकको सेवा नजोडेको बताएका छन । डा खनालले अर्को तर्फ समाजमा स्वास्थ्यप्रति बढी सचेतहुन भएको कारण समेत बिरामीको चाप बढेको बताएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ