arrow

दैलेखमा फैलियो झाडापखाला, दुई बालकको मृत्यु

logo
नविनकुमार शर्मा,
प्रकाशित २०७२ फागुन २ आइतबार
Dailekh-hamrakura.jpg.jpeg
दैलेख । झाडापखालाबाट दैलेखमा दुई बालकको मृत्यु भएको छ । १८ जना विरामी परेका छन् ।  मृत्यु हुनेमा तोलीजैसी–८ नैन तिरुवाका ७ महिने नाती अञ्जल विक र मन्दिरे तिरुवाका ८ महिने नाती कृष्ण विक हुन् । 
 
शनिबार राती स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको तोलीजैसीका टेकबहादुर थापाले जानकारी दिए । विरामी परेका दुई जनालाई थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको चिकित्सक विकास शाहले जानकारी दिए । 
 
झाडापखाला लागेका विरामी स्वास्थ्य संस्थामा आउने क्रम बढेको बताउँदै चिकित्सक शाहले झाडापखाला अझ फैलिन सक्ने बताए । शाहले भने, ‘अहिले १८ जनाविरामीको उपचार भइरहेको छ, आउने क्रमजारी छ । प्राथमिक स्वास्थ्य केन्द्र र स्थानीय मेडिकलमा विरामीको उपचार भइरहेको छ ।
 
झाडापखालाबाट दुई बालकको मृत्यु भएपछि छिमेकी गाविस लकान्द्र सात्तला र विशालातिलेपाटाका स्थानीयबासी त्रसित भएको लकान्द्र गाविसका रक्षबहादुर शाहीले बताए ।  जिल्ला स्वास्थ्यकार्यालय प्रमुख निर्मल रसाइलीले उपचारको लागि थप औषधि पठाउने तयारी गरिरहेको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ