arrow

प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्न बिशेष समिति गठन

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन २४ बिहिबार
pradesh-5_sava_hall.JPG

बुटवल ।  प्रदेश नम्वर ५ को प्रदेश सभाको बिहिबार बसेको बैठकले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्न १५ सदस्यीय बिशेष समिति गठन गरेको छ ।

बिशेष समितिलाई ३ महिना भित्र प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्ने अधिकार दिइएको छ ।समितिको सदस्यमा क्ल्पना पाण्डे अर्धाखाची, चेतनारायण आचार्य अर्खाखाची, तारा जिसी प्युठान, तुल्सी प्रसाद चौधरी रुपन्देही, दिनेश पन्थी गुल्मि दिपेन्द्र कुमार पुन रोल्पा, दिपेश थारु ब्र्दिया, नाराया प्रसाद आचार्य पाल्पा, निर्मला क्षेत्री अर्धाखाची, भुवनेश्वर चौधरी बर्दिया, रमा अर्याल रुपन्देही, बिर बहादुर राना पाल्पा, बिष्णु प्रसाद पन्थी कपिलवस्तु, सरस्वती गौतम दागं र सहर्षराम यादव कपिलवस्तु रहेका छन् ।

आजकै बैठकले ११ सदस्यीय बिशेषाधिकार समिति गठन गरेको छ । बिशेषाधिकार समितिमा अमर बहादुर डागी दागं, अष्टभुजा पाठक रुपन्देही, कमलराज श्रेष्ठ गुल्मि, कल्पना पाण्डे अर्धाखाची, तारा जिसी प्युठान, तेज बहादुर वली रुकुम, पार्वती पुन बाके, फकरुद्धिन खाँन रुपन्देही, बाबुराम गौतम बाके, सन्तोष कुमार पाण्डे रुपन्देही र हरि प्रसाद रिजाल प्युठान रहेका छन् । प्रदेश सभाको दोश्रो अधिवेशन आजैदेखि अन्त्य भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ