arrow

इमेज अवार्डः स्वरुप र निखिता उत्कृष्ठ

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ संगीत साधक गणेश रसिकलाई सम्मानित गरिएको छ

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
Image-Award.png.png
काठमाडौं । नेपाली सांगीतिक जगतको महाउत्सव ईमेज अवार्डको १७ औं संस्करणमा गीत संगीतका २३ विधामा स्रष्टालाई सम्मान गरिएको छ । राजधानीमा शनिबार साँझ सम्पन्न भब्य समारोहमा २०७१ साल असार १ गतेदेखि २०७२ साल जेठ मसान्तभित्र सार्वजनिक भएका गीत, एल्बम तथा म्यूजिक भिडियो मध्येबाट २३ विधाका स्रष्टालाई सम्मान गरिएको हो । 

यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ संगीत साधक गणेश रसिकलाई सम्मानित गरिएको छ । लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आउनुभएका वरिष्ठ संगीत साधक रसिकलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

यस्तै सर्वोत्कृष्ट राष्ट्रिय भावनाले अभिप्रेरित गीतको अवार्ड ‘उठौं उठौं देश निर्माणमा’ बोलको गीतलाई प्रदान गरिएको छ । त्यसैगरी सर्वोत्कृष्ट गीत रचनाको अवार्ड ‘सोचेजस्तो’ बोलको गीतका रचनाकार राजुबाबु श्रेष्ठलाई दिइएको छ भने सर्वोत्कृष्ट संगीतकारको अवार्ड– ‘सधैं सुन्न पाउँ खबर तिम्रो खुसीका’ संगीतकार हरि लम्साललाई प्रदान गरियो । सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड ‘यता गल्ली उता गल्ली’ बोलको गीतका फणिन्द्र राई, सर्वोत्कृष्ट गीत रेकर्डिस्ट ‘किन लायौ माया’ बोलको गीतका लागि किशोर थापा र सर्वोत्कृष्ट नव कलाकारको अवार्ड ‘भीड’ बोलको गीतका गायक योगेन्द्र उपाध्यायलाई दिइएको छ ।

त्यस्तै सर्वोत्कृष्ट समूह गायनको अवार्डमा ‘तिम्रो आँखाको’ बोलको गीतका लागि सुरजकुमार थापा र निखिता थापा, सर्वोत्कृष्ट चलचित्र गीतको अवार्ड चलचित्र रेसम फिलिलीको ‘जालमा’ लाई दिइएको छ भने सर्वोत्कृष्ट गायन लोकगीततर्फको अवार्ड राजु परियारलाई ‘आमा बोलको’ गीतमा दिइएको छ । सर्वोत्कृष्ट लोकगीत संकलक अवार्ड राजन ठकुरीलाई प्रदान गरिएको छ भने सर्वोत्कृष्ट दोहोरी गीतको अवार्ड ‘रातो पछ्यौरी’ बोलको गीतका बद्री पंगेनी र सकुन्तला थापालाई प्रदान गरिएको छ । 

त्यस्तै सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारको अवार्ड ‘हरेक शब्द’ म्युजिक भिडियोका लागि धिरजजंग शाहलाई प्रदान गरिएको छ । सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड – ‘आशा अझै’ भन्ने गीतको बोलका भिडियो सम्पादक लोकेश वज्राचार्यलाई दिइएको छ । त्यसैगरी सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड– ‘किन लागौं माया’ बोलको गीतका निर्देशक आलोक नेम्वाङले पाएका छन् भने सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड द युनिटीको ‘आशा अझै’ लाई दिइएको छ सर्वोत्कृष्ट गायन पप गायिकाको अवार्ड ‘दुई थोपा आँशु’ बोलको गीतका लागि मिलन अमात्यलाई दिइएको छ भने सर्वोत्कृष्ट गायन पप पुरुषको अवार्ड ‘ओइ मैच्याङ’ बोलको गीतका लागि अमिर शेखलाई दिइएको छ ।

सर्वोत्कृष्ट गायन महिलाको अवार्ड ‘सधैं सुन्न पाउँ’ गीतको बोलका लागि निखिता थापालाई प्रदान गरिएको छ भने सर्वोत्कृष्ट गायन पुरुषको अवार्ड ‘मन मोहिनी’ गीतको बोलका लागि स्वरुपराज आचार्यलाई दिइएको छ । ्यसैगरी सर्वोत्कृष्ट गायन दोहोरी गीतको अवार्ड ‘जुनकिरी’ बोलको गीतमा विरही कार्की र सरिता कार्कीलाई प्रदान गरिएको छ भने सर्वोत्कृष्ट गीतको अवार्ड– स्वरुपराज आचार्यले गाएको गीत ‘मन मोहनी’ लाई दिइएको छ । सर्वोत्कृष्ट एल्बमको अवार्ड निखिता थापाको ‘सधैं सुन्न पाउँ’ लाई दिइएको छ भने पब्लिक च्याइस अवार्ड कालीप्रसाद बास्कोटालाई दिइएको छ । पब्लिक च्याइस अवार्ड भोटिङका आधारमा उत्कृष्ट हुनेलाई दिइएको हो । कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले ईमेज च्यानलले मोबाइल एप्स शुरु गरेको घोषणा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ