arrow

न्याम्समा भिसी सिफारिश गर्न समिति गठन, यी हुन् दौडमा रहेकाहरु 

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
NAMS-news.jpeg

काठमाडौं । न्याम्सका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति भिसी सिफारिश गर्न समिति बनाएका छन् । समितिमा उपप्रधानमंत्री तथा स्वास्थ्य मँत्री एव न्याम्सका सहकुलपति उपेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा विज्ञ डा सुशील प्याकुरेल र नेपाल मेडिकल काउंसिलका अध्यक्ष डा धर्मकान्त बास्कोटा रहेका छन् । 

समितिले सिफारिश गरेको नाम मध्ये  प्रधानमन्त्री ओलीले उपकुलपतिको नियुक्ति गर्ने छन् । हाल उपकुलपतिको दौडमा वीर अस्प्तालका डा सिताराम चौधरी,  डा श्रीकृष्ण गिरी, डा जागेश्वर गौतम र डा भगवान कोईराला छन् । 

त्यस्तै डा डिएन शाह पनि छन् । रजिस्टारमा भने एक्लै दौडमा मेडिकल काउंसिलका रजिस्टार एवं प्रधानमन्त्रीका निजी डाक्टर दिलिप शर्मा छन् । 

निर्देशकमा भने डा भुपेन्द्र बस्नेत दोहोरिने सम्भावना छ । बिहिबारै वीर अस्पतालका अधिकाश कर्मचारीहरूको प्रतिनिधित्व गर्दै तथा न्याम्सको आधिकारिक ट्रेड युनियनले स्वास्थ्य मन्त्रीलाई भेटी पदाधिकारी नियुक्तिमा प्रतिष्ठान सेवाका कर्मचारी एवं शिक्षक मध्येबाट नियुक्ति गर्ने र वीरमा विरामीलाई चुस्त सेवा दिने ट्रमा सेन्टरलाई नेपाली जनताको अस्पताल बनाउने  र सस्तो उपचार सेवा दिने अदालतको आदेश अनुसार  संस्थालाई स्वायत्त रुपमा सञ्चालन गर्ने व्यक्तिलाई भिसी नियुक्ति गर्नुपर्ने जोड दिएका छन् । 

उनीहरुले विगतका जस्ता भ्रष्टहरु आउन नहुने र विगतका भ्रष्टहरुलाई कार्वाही गर्न छानबिन गर्नुपर्ने माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ