arrow

 १ टीबीसम्मको मेमोरी क्षमताकाे ग्यालेक्सी नोट ९ अाउँदै , शुक्रबारबाट प्रि-अर्डर सुरु

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
Samsung-Galaxy-Note-9.jpg

काठमाडौं । सामसुङले अगष्ट २४ मा ग्यालेक्सी नोट ९ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यो स्मार्टफोनको विवरणहरु आधिकारिक रुपमा सार्वजनिक गरेको हो । 

यो स्मार्टफोन अघिल्लो वर्ष सार्वजनिक गरिएको ग्यालेक्सी नोट ८ को अपग्रेडेट भर्सन हो । सामसुङको यो उत्पादन यसअघिको तुलनामा निकै राम्रो पेन स्टाइल्सको साथमा आउन लागेको हो । यो मोडलको स्मार्टफोनमा ५१२ जीबीको इन्टर्नल स्टोरेज रहनेछ भने ५१२ जीबीको माइक्रो एसडी कार्डको प्रयोग गर्न सकिन्छ । जसको कारण यो स्मार्टफोन चलाउने मानिसहरुका लागि १ टीबीसम्मको स्टोरेजको विकल्प हुनेछ । 

अमेरिकामा यो स्मार्टफोन स्न्यापड्रयागन ८४५ प्रोसेसरको साथमा सार्वजनिक गर्ने तयारी भइरहेको अवस्थामा भारतमा भने यो उत्पादन सामसुङको एक्सिनस ९८१० प्रोसेसरको साथमा आउनेछ । 

यो स्मार्टफोन कालो, निलो, लगायतका रङमा आउने बताइएको छ । जसमा १२८ जीबीको वारियन्टको मूल्य करिब १ हजार डलर र ५१२ जीबीको वारियन्टलाई १२५० डलरको मूल्य निर्धारण गरिएको छ । अमेरिकामा यो स्मार्टफोनको प्रि–अर्डर शुक्रबारदेखि सुरु हुनेछ भने अगष्ट २४ मा पहिलोपटक बिक्रीका लागि यो स्मार्टफोन उपलब्ध गराइने छ । 

सामसुङको नयाँ स्मार्टफोनमा ६.४ इन्चको एचडी (१४४०×२९६०पिक्सल)को डिस्प्लेको प्रयोग गरिएको छ । यो हेन्डसेटमा २.७ गिगाहर्जको अक्टा–कोर एक्सीनम ९८१० प्रोसेसरको प्रयोग गरिएको छ । 

यसमा ६ जीबी र्‍यामका साथमा १२८ जीबी इन्टर्नल स्टोरेजको प्रयोग गरिएको छ भने ८ जीबी र्‍यामको साथमा ५१२ जीबी इन्टर्नल स्टोरेज भएको विकल्प पनि उपलब्ध रहनेछ । दुवैमा ५१२ जीबीसम्मको माइक्रोएसडीको प्रयोग गर्न सकिन्छ । यो स्मार्टफोन ८.१ गुगल ओरेओ अपरेटिङ सिस्टममा चल्नेछ । 

क्यामेराको कुरा गर्दा यसमा १२ मेगापिक्सलको दुई रेयर क्यामेराको प्रयोग गरिएको छ । यसमा ८ मेगापिक्सदको सेल्फिक्यामेरा रहनेछ । नयाँ उत्पादनमा ४ हजार एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । यो स्मार्टफोन पानीमा परेपनि सुरक्षित रहने किसिमको प्रविधिको प्रयोग गरिएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ