arrow

यू–१९ विश्वकपको उपाधि वेष्ट इन्डिजलाई, भारत ५ विकेटले पराजित

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
U-19-world-cup-new.jpg.jpeg
काठमाडौं । आइसीसी यू–१९ क्रिकेटको उपाधि वेष्ट इन्डिजले जितेको छ । शेर बंगला नेशलन स्टेडियम मिरपुरमा भएको फाइनलमा भारतलाई ५ विकेटले पराजित गर्दै वेष्ट इन्डिजले उपाधि कब्जा गरेको हो । भारतले दिएको १ सय ४६ रनको सामान्य चुनौती पछ्याएको वेष्ट इन्डिजले ४९ ओभर ३ बलमा मात्र ५ विकेट गुमाउँदै जित हासिल गरेको हो । यसघि टस हारेर पहिले व्याटिङ गरेको भारत ४५ ओभर १ बलमा अलआउट हुँदै १ सय ४५ रनमै समेटिएको थियो ।
 
वेष्ट इन्डिजका लागि केयु कार्टीले अविजित ५२ रन बनाए । यस्तै, किमो पउलले अविजित ४० रनको योगदान गरे । बलिङतर्फ भारतीय बलर मायाङ्कले ३ विकेट लिए । भारतको ओपनिङ ध्वस्त भएपछि वेष्ट इन्डिजले सहज जित निकालेको हो । भारतका लागि सफ्र्राज खानले ५१ रन बनाउन बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् । भारतीय ब्याटिङ ध्वस्त पार्न एल्जारी जोसेफ र रयान जोहनले समान ३–३ विकेट चट्काए । अलराउण् प्रदर्शन गर्ने क्रममा किमो पउलले २ विकेट लिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ