arrow

दक्षिण कोरियाका काँग्रेस कार्यकर्तालाई प्रशिक्षण दिन नेता प्रदिप पौडेल आउने

logo
आदर्श केसी,
प्रकाशित २०७५ साउन २६ शनिबार
pradip_paudel.jpg

दक्षिण कोरिया। नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय भातृ संगठन “नेपाली जनसंम्पर्क समिति” दक्षिण कोरियाले बृहत प्रशिक्षण तथा अन्तर्किया कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेविसघंका पूर्व अध्यक्ष प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा २०१८ सेप्टेम्बर १ मा प्रशिक्षण तथा २ तारिख आईतबार कोरियाको राजधानी सियोलमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ।

दुबै कार्यक्रममा समसामहिक राजनैतिक अबस्था, यसमा कांग्रेसको भुमिका, भावी रणनीति, पार्टी शुद्धीकरण, बिदेशका संगठनले गर्न सक्ने योगदान र अब संगठनले खेल्नु पर्ने राजनीतिक भूमिका, लगायत अन्य बिबिध विषयमा अन्तरक्रिया तथा प्रशिक्षण हुने छ। 

कार्यक्रमको लागि केन्द्रीय सदस्य प्रदिप पौडेललाई निमन्त्रणा गरिसकेको नेपाली जनसंम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्थाविन्दु मल्ले जानकारी दिइन। मल्ल सभापतिमा निर्वाचित भैसकेपछिको यो पहिलो बहृत  कार्यक्रमको हुनेछ। कार्यक्रममा सहभागिताको लागि दक्षिण कोरियास्थित सबै कार्यकर्ता शुभचिन्तकलाई सभापति मल्लले अनुरोध समेत गरेकी छिन।  

कार्यक्रम सफल बनाउन मल्लको सयोजकत्वमा ५ सदस्यीय  मूल आयोजक समिति बनाएको छ । त्यस्तै महामन्त्री कुमार थापाको नेतृत्वमा  प्रचार प्रसार समिति पनि बनाएको छ।

कोरियाका ८ वटा क्षेत्रमा क्रियाशिल क्षेत्रिय समितिलाई कार्यक्रमको तयारी तथा सहभागिताको लागि निर्देशन दिइएको महामन्त्री कुमार थापाले जानकारी दिए। हामीले निकै ब्यवस्थित तरीकाले कार्यक्रम सम्पन्न गर्ने योजना बनाएका छौ महामन्त्री थापाले भने।

अहिले क्षेत्रिय समितिहरुले कार्यक्रममा सहभागिताको लागि क्षेत्रियस्तरमा बैठक छलफल तथा अन्य तयारीहरु तिव्र रुपमा अगाडी बढाइ रहेका छन्। गर्मीको समय भएको हुँदा यतिबेला कोरियाका कम्पनीहरुमा काम कमै चल्ने हुन्छ। यो समयमा नेपालीलाई केही फुर्सद हुने हुँदा शनिबार र आइतबार कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ