arrow

यू-१९ विश्वकप क्रिकेट: नेपालको भविष्यका ताराहरुको पहिचान

क्यान कानुनी चक्कर र राजनैतिक जालझेलमा फसेको बेला क्रिकेटको भविष्य भने राम्रो देखिनु सकरात्मक

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
Prem_Sandeep_Cricket_hamrak.jpg.jpeg
काठमाडौं । अाइसीसी यू-१९ विश्वकप उपाधि वेष्ट ईण्डिजले हात पारेको छ। फाइनलमा भारतलाई ५ विकेटले पराजित गर्दै वेष्ट ईण्डिज पहिलो पटक यु-१९ विश्वकप विजेता बनेको हो । 
 
नेपालले पनि आफ्नो उपस्थिती जनाउने क्रममा दोस्रो चरणको यात्रा तय गरेको थियो। समूह चरणमा नेपालले टेष्ट खेल्ने न्युजिल्याण्ड र एसोसियट आयरल्याण्डलाई पराजित गर्दै समूह उपविजेता बन्दै  दोस्रो चरणमा प्रवेश गरेको थियो ।  समूह चरणमा भारतसँग पराजित नेपालले क्वार्टरफाइनलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो। 
 
यु-१९ विश्वकपमा नेपालले आठौं हुँदै आफ्नो यात्राको अन्त गरेको हो। सातौं स्थानकालागि नामिबियासँग पराजित भएसँगै नेपालले यू-१९ विश्वकप २०१८मा सिधै प्रवेश पाउने संभावनाको पनि अन्त भएको हो। नामिबिया न्युजिल्याण्डमा सन् २०१८मा हुने विश्वकपमा प्रवेश गरिसकेको छ। 
 
यस विश्वकपमा किफायती  बलिङ गरेर नेपालका लेगस्पिनर सन्दिप लामिछानेले आफ्नो नाम विश्व क्रिकेटमा स्थापित गरेका छन्। ६ खेलमा १७.०७को औषतले १४ विकेट लिएका लामिछाने प्रतियोगितामा सबैभन्दा बढी विकेट लिनेमा दोस्रो स्थानमा रहेका छन्। लामिछाने एक खेलमा बलिङ तर्फ उत्कृष्ट प्रदर्शनमा तेस्रो स्थानमा रहेका छन्। उनले आयरल्याण्डविरुद्ध ह्याट्रिक गर्दै १० ओभरमा २७ रन खर्चेर ५ विकेट लिएका थिए। 
 पहिलो स्थानमा नामिबियाका फ्रिट्ज कोयत्ज छन्। उनले १५ विकेट लिएका छन्। विभिन्न  अन्तर्राष्ट्रिय मिडियाहरुले अष्ट्रेलियाका स्टार लेग स्पिनर शेन वाट्शनसँग तुलना गरेर समाचार लेखेका छन्। लामिछाने नेपालकालागि उदाउँदो ताराका रुपमा आएका छन् अब उनको प्रतिभालाई थप निखार्न र सदुपयोग गर्न नेपाल क्रिकेटले कति सक्छ ? यो भविष्यले बताउने छ। 
 
नेपालका अलराउण्डर प्रेम तामाङले विश्वकपमा ब्याटिङतर्फ उत्कृष्ट औषतमा पहिलो नंम्बरमा आफ्नो नाम राख्न सफल भएका छन् । उनले ६ ईनिङमा ५ पटक आउट नभई १५२ रन बनाएका थिए। उनी अन्तिमनामिबियाविरुद्धको खेलमा अाउट भएका थिए। नेपालका तर्फबाट सबैभन्दा बढी रन बानउने रेकर्ड पनि तामाङकै नाममा रहेको छ। ६५ नट आउट उनको ब्यक्तिगत उच्चतम स्कोर रहेको छ। प्रतियोगितामा कुल ५ विकेट लिएका तामाङ नेपालले संभावना देखेको अर्का अलराउण्डर हुन्। 
 
नेपालका लागि एक खेलमा उच्चतम स्कोरको रेकर्ड कप्तान राजु रिजालको नाममा रहेको छ। उनले ७२ रन बनाएका थिए। नेपाली खेलाडीहरुले नेपालको क्रिकेटको भविष्यप्रति केही आशा जगाएका छन्। नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान कानुनी चक्कर र राजनैतिक जालझेलमा फसेका बेला क्रिकेटको भविष्य भने राम्रो देखिनु सकरात्मक हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ