arrow

गुल्मी कांग्रेसमा अधिवेशन सार्ने कुरामा मतभेद

logo
चन्द्र टण्डन।
प्रकाशित २०७२ फागुन २ आइतबार
nepali-congress-flag.jpg.jpeg
गुल्मी। नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको देहावसानपश्चात् रोकिएका जिल्ला अधिवेशन गर्न केन्द्रीय कार्यालयबाट निर्देशन भए पनि गुल्मीको अधिवेशन सार्नका लागि गृहकार्य असन्तुष्टहरुको आरोप छ। सभापति चन्द्रबहादुर केसीले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि गर्न कार्यकर्ताहरुसँग छलफल थालेपछि असन्तुष्टहरुले सार्न नहुने दवाव दिएका छन्। 
 
सभापतिका उम्मेदवारका रुपमा चर्चामा रहेका उपसभापति भुवनप्रसाद श्रेष्ठ, संगठन विभाग प्रमुख शालिकराम पन्थी, सचिव छन्दबहादुर पहराई, महासमिति सदस्य वेदबहादुर थापा मगर र महाधिवेशन प्रतिनिधि दामोदर भुसाल तोकिएकै समयमा अधिवेशन हुनुपर्ने कुरामा अडिग रहेका छन्। चन्द्रबहादुर केसी सर्वसम्मत हुने गृहकार्यमा रहेको बुझिएको छ। 
 
देशभरका विभिन्न ठाउँमा २५ गते नै सम्पन्न भएको अधिवेशन गुल्मीमा त्यो दिन उद्घाटन भएर रोकिएको थियो। महाधिवेशन प्रतिनिधीको चुनाव भने यसअघी नै भइसकेको छ। जस अनुसार २२ जना संस्थापन निकट र १४ जना देउवा निकट छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ