arrow

मोदीले गरे विपक्षीलाई खवरदारी (अन्तर्वार्तासहित)

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
narendra-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले देशमा पछिल्लो एक वर्षमा एक करोडभन्दा बढी रोजगारी पैदा भएको बताएका छन् । 

बेरोजगारले रोजगारी नपाएकोप्रति विपक्षीले गरेको दुस्प्रचार अब बन्द हुनुपर्नेमा मोदीले जोड दिएका छन् । 

मोदीले काँग्रेस अध्यक्ष राहुल गान्धीसमेतका विपक्षीका नेताहरुले लगाएको आरोपको कडा जवाफसमेत दिएका छन् । 

समाचार एजेन्सी एएनआईलाई मोदीले दिएको अन्तर्वार्ताको संक्षिप्त विवरण यस्तो छ –

एनआरसीको मुद्दामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले देशमा गृहयुद्ध तथा हिंसाको कुरा गरेकी छिन् के हो यो ? 
जसलाई आफैबाट भरोसा हुँदैन, जसलाई जनसमर्थन नपाउने डर छ, जसको हाम्रो संस्थामा कुनै भरोसा छैन त्यस्ताहरु नै गृहयुद्ध र हिंसा तथा देश टुक्राटुक्रा जस्ता शब्दहरु प्रयोग गर्छन् । म विश्वस्त दिलाउन चाहन्छु कि भारतका कुनै पनि नागरिकलाई देश छोड्नु पर्ने छैन । एनआरसीको प्रक्रिया अनुसार सबैलाई पर्याप्त मौका दिइन्छ । 

के एनडीएको छोटो सहयोग भाजपामा भरोसा गुम्दै गएको हो त ?
त्यसको जवाफ पछिल्लो घटनामा पाउन सकिन्छ । पहिलो लोकसभामा पेश भएको अविश्वासको प्रस्ताव तथा दोस्रो राज्यसभामा उपसभापतिको चुनाव । यसको परिणामबाट नै स्पष्ट भएको छ कि कसको गठबन्धन अटुट छ र कसको गठबन्धन खराव छ । हाम्रा सहभागी नभएका दलले पनि हामीलाई सघाएका छन् । एनडीएमा नयाँ सहयोगीलाई स्वागत छ । विपक्षीको महागठबन्धन विकासका लागि नभइ बंशवादमा जोडिएको छ । यसलाई लिएर प्रश्न खडा भएको छ कि गठबन्धन चुनावपछि बिग्रिन्छ कि पहिले नै ।

के सरकार जातिमा आधारित आरक्षण व्यवस्था हटाउन विचार गरिएको हो ? 
आरक्षण व्यवस्था हट्दैन । यसलाई लिएर कुनै शंका नगरौं । 

लोकसभामा राहुल गान्धीले अंगालो मार्नुलाई के बचकाना भन्नुुहुन्छ ? 
यो बचकाना नभए आँखा झिम्क्याएको घटना हेर्नुहोस् जवाफ पाउनु हुन्छ । म एक विनम्र कामदार हुँ । मेरो यो देशका नामदारहरुसंग कुनै तुलना हुन सक्दैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ