arrow

पृथ्वीभर फैलियो अनौठो रेडियो सिग्नल, अन्तरिक्षमा कहाँ भइरहेछ विष्फोट ? 

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
radio_signal.png

एजेन्सी। अन्तरिक्षको निकै गहिराइबाट अनाैठो ऊर्जावान् रेडियो सिग्नल आइरहेको वैज्ञानिकहरुले बताएका छन्। यद्यपि कहाँ विष्फोट भइरहेको छ र पृथ्वीमा त्यसको कस्तो प्रभाव पर्नसक्छ भन्ने विषयमा भने केही खुल्न सकेको छैन।

क्यानेडियन हाइड्रोजन इन्टेन्सिटी म्यापिङ एक्सपेरिमेन्टका अनुसन्धानकर्ताहरुले अन्तरिक्षबाट आएको यो सिग्नल पत्ता लगाएका हुन् । यो सिग्नल सुरुमा सिनिँदा ४ देखि ८ सय मेगाहर्ज फ्रिक्वेन्सीको रहेको थियो । यो सिग्नल यसअघिका सिग्नलहरुभन्दा सबैभन्दा गहिराइबाट आएको र तल्लो कमजोर सिग्नल रहेको बताइएको छ । 

वैज्ञानिकहरुले पछिल्लो १० वर्षको अवधिमा पाइएका ३० ओटा सिग्नलहरुको आधारमा अहिलेको सिग्नलको अध्ययन गरेका थिए । जसमा यो सिग्नल पूरै फरक किसिमको रहेको पाइएको हो । यद्यपि पाइएका सिग्नलहरुबाट पनि ब्रह्माण्डका धेरै रहस्यहरु भने पत्ता लाग्न सकेको छैन । 

सन् २००७ मा यस किसिमको सिग्नल पत्त लगाउन सुरु गरिएकोमा अहिले पत्ता लगाइएको सिग्नल निकै रहस्यमयी रहेको बताइएको छ । यो सिग्नल पृथ्वीभर फैलिएको पाइएको वैज्ञानिकहरुले बताएका हुन् । विशेष किसिमको टेलिस्कोपको सहयोगमा यो सिग्नल पत्ता लगाइएको हो । 

अहिले पत्ता लगाइएको सिग्नललाई एफआरबी१८०७२५ ए नाम दिइएको छ । यसअघिका सिग्नलहरु घटना भइसकेपछि मात्र पाइने गरिएकोमा यो सिग्नल भने तत्कालै पाइएको हो ।

तत्कालै उक्त सिग्नल पाउन निकै गाह्रो हुने गरेकोमा वैज्ञानिकहरुले त्यसको केही संकेतहरु पाएका थिए, जसले तत्कालै उक्त विवरणहरु हासिल गर्नका लागि सहयोग पुगेको हो । 

अहिले वैज्ञानिकहरु विष्फोटको स्रोतको खोजी गरिरहेका छन् । अहिले पाइएको सिग्नल कुनै अहिलेसम्म पत्ता नलागेको निकै ठुलो ताराबाट पनि हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । यसको अर्को कारण दोस्रो ग्रहका मानिसहरु बोकेको विमानबाट पनि यस किसिमको सिग्नल आएको हुनसक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ