arrow

अपाङ्ग परिचयपत्र लिन सदरमुकाम पुगेकी कालिकाको कन्त विजोग

जिल्लाका डाक्टरले काठमाडौ जाउ भने, उपचारका लागि ऋण खोज्न गाउँ फर्किइन्

logo
राजन कार्की,
प्रकाशित २०७२ फागुन २ आइतबार
kalika.jpg.jpeg.jpeg
जाजरकोट। अपाङ्ग परिचय पत्र वनाउनको लागि जिल्ला सदरमुकाम खलंगा पुगेकी एक बालिकालाई डाक्टरले उपचारको लागी काठमाडौं रेफर गरे । आर्थिक जोह नभएपछी फेरि ऋण खोज्न गाउँ फर्किनु सिवाय अन्य उपाय रहेन । जिल्ला अस्पतालले उपचार गर्न काठमाण्डौं जान सिफारिस गरेपछि ऋणको खोजी गर्दै उनी गाउँ लागेकी हुन् । जिल्ला सदरमुकाम देखि उत्तर पश्चिममा रहेको अर्छानी गाविस ८ टाँकाचौरकी १२ वर्षिय कालिका शाही जन्मेको नौ दिनमै विरामी भएर उनको नाँक हरायो । उनको नाँक मात्र हराएन हात, खुट्टा र ढाँड पनि लुलो भयो । शरिरका विभिन्न भागमा विकृत रुपहरु देखा पर्यो । 
 
वोल्न पनि राम्रोसंग नसक्ने शारिरीक विकलांग भएकी कालिका शाही पाँच वर्ष पुग्न वित्तिकै उनको जीवनमा अर्को दुर्भाग्य निम्तियो । घाँस काट्न जंगलमा पुगेकी उनकी आमा नन्दकला शाहीको भिरवाट लडेर मृत्यू भयो । वुवा, दिदी र दाजुको सहारामा दैनिकी चलाएकी कालीकाको वुवालाई पनि दमको रोगले सताए पछि दमको उपचारका लागि दाजु तिलक बहादुर शाहीलाई साथमा लिएर वुवा मान बहादुर शाही भारत गएको एक वर्ष वितिसकेको छ ।
 
 तर कस्तो अवस्थामा वुवा र दाजु छन् हाल सम्म कालिका वेखवर छन् । उनको ठुली दिदी हँस कुमारी शाहीले पनि विवाह गरेको ६ वर्ष विति सकेको कालिका सँगै आएकी उनकी माईली दिदी रमिता शाहीले वताईन् । कस्टकर जीवनको दैनिकी विताईरहेकी वालिकालाई अपाङ्ग परिचय पत्र वनाएपछि नेपाल सरकारले दिने एक हजार अपाङ्ग भत्ताले जीवन सहारामा राहत मिल्ने उदेश्य लिएर १५ कोष टाढाको दुरीमा रहेको अर्छानीको टाँकाचौरवाट रमिता र कालिका जिल्ला सदरमुकाम खलंगामा वुधवार पुगिन, तर अपाङ्ग परिचय पत्र दिने निकाय महिला तथा वालवालिका जिल्ला कार्यालयमा आवश्यक पर्ने डाक्टरको सिफारिस लिन जिल्ला अस्पतालमा पुगेकी वालीकालाई उपचार गर्न भनि जिल्ला अस्पताल जाजरकोटले सुस्मा मेमोरियल अस्पताल काठमाण्डौं अथवा काठमाण्डौं मोडेल अस्पताल काठमाण्डौंमा जान सिफारिस गरेको छ । 
 
जिल्ला अस्पतालले स्वास्थ्य परिक्षण गरि उपचार गर्न सिफारिस गरेपछि कालिकाको उपचार गर्नका लागी काठमाण्डौमा लाग्ने खर्चका लागि ऋणको खोजी गर्दै रमिता र कालिका शुक्रवार नै गाउँ लागेकी छन् । उपचारले वहिनीको स्वास्थ्य राम्रो वन्छ भने कसैले दिए ऋण गर्ने नदिए घरवारी वेचेर भएपनि बहिनीलाई काठमाण्डौं पुर्याउने सोच वनाएको दिदि रमिता शाहीले वताईन् । घरमा कमाई गर्ने र वहिनीको लागि जिम्मा लिने मान्छे कोही नभएपनि वहिनीको लागी आफुले जेपनि गर्न तयार रहेको रमिताको भनाई छ । 
 
उपचार गर्न सकेमा शारिरीक विकृतीले अपाङ्ग देखिएकी कालिका शाही सपाङ्गी हुन सक्ने जिल्ला अस्पताल जाजरकोटले जनाएको छ । कक्षा १० मा अध्ययनरत १६ वर्षिय रमिता शाही नै हाल कालिका शाहीको जीवन सहारा वनिरहेकी छिन् ।  उनको उपचार पछि देखिने शारिरीक परिणामलाई हेरेर मात्र कुन वर्गको अपाङ्ग परिचय पत्र दिने भन्ने टुङ्गो लाग्ने महिला तथा वालवालिका कार्यालय प्रमुख प्रज्ञा निरौलाको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ