arrow

उर्लदो सय करोड अभियान, ‘हिंसा घटाऊ, प्रेम बढाऔं’

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
Morang-hamrakura.jpg.jpeg
विराटनगर । ‘हिंसा घटाऊ, प्रेम बढाऔं’ भन्ने मूल नाराका साथ आइतबार विराटनगरमा सद्भाव फेरि निस्कियो । उर्लदो सयक रोड अभियान मूल समारोह समिति मोरङको आयोजना र नारी विकास संघको केन्द्रीय कार्यालय विराटनगरको संयोजनमा सद्भाव फेरि निस्किएको हो । 
 
महिला हिंसा अन्त्य गरौं, सुन्य सहिष्णुता कायम गरौं, समान कामको समान ज्याला निर्धारण गरौं लगायतका प्ले कार्ड बोकी ट्राफिक चौकबाट निस्केको सद्भाव फेरि महेन्द्र चौक, शनिमन्दिर, जलजला चोक, बुध चौक हुँदै पुन ट्राफिक चौकमा आएर कार्यक्रममा परिणत भयो । कार्यक्रममा महिला अहिले पनि विभिन्न हिंसाबाट प्रताडित हुनुपरेकोबारे सडक नाटक  प्रस्तुत भयो । नाटक, गीत, कवितामार्फत हिंसा अन्त्य गरौं भन्ने सन्देश दिएका महिलाहरुले हिंसा घटाउन र प्रेम बढाउन आग्रह गरे ।



नयाँ