arrow

निसाद समुदायका पहिलो मन्त्रीलाई कलम उपहार

‘मलाहालाई खोला नालामा स्थान देऊ’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन २ आइतबार
meghraj-nepali.jpg.jpeg
विराटनगर । उधोग राज्यमन्त्री मेघराज नेपाली निसाद सम्मानित भएका छन् । निसाद समुदायवाट पहिलो मन्त्री बनेका राज्यमन्त्री नेपालीलाई सहनी सेवा कल्याण समिति मोरंङले एक कार्यक्रमको आयोजनागरी सम्मान गरेको हो । सम्मान कार्यक्रममा मलाहा जातीको हक अधिकार लेख्न मन्त्री नेपालीलाई कलम समेत उपहार दिइएको थियो । पछाडी परेका मलाहा जातीको उत्थान र विकासमा सहयोग गर्न कार्यक्रमका सहभागिहरुले आग्रह गरे । कार्यक्रममा बोल्दै राज्य मन्त्री नेपालीले नयाँ संविधानले सबै जात जातीको अधिकार सुनिश्चित गरेकाले संविधान कार्यान्वयनमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।  
 
कार्यक्रममा पिछडावर्ग महसंघका केन्द्रिय अध्यक्ष देवनारायण मुखिया, सहदेव सहनी, अमरचन्द मुखिया, सहदेव सहनी, जयप्रकास महत्त, अमिता मण्डल तथा मदन किसोर कामतले पिछडावर्गको उत्थानका लागी पिछडावर्ग आयोग गठनको पहल गर्न आग्रह गरे ।  कार्यक्रममा ९५ वर्षीया दुखनी देवी सहनीलाई आयोजक संस्थाले सम्मान गरेको थियो । मलाहा तथा सहनी समुदाय समेत पिछडावर्ग अन्तर्गत पर्दछन् ।  माछामार्ने मुख्य पेशा रहेकामा अहिले सो पेशा समेत संकटमा परेकाले जंगली जमिन तथा खोलानालाहरुमा समुदायको पहुँच हुनुपर्नै उनीहरुको भनाई थियो । नेपालमा पछिल्लो जनगणना अनुसार मलाहा जातीको संख्या १ लाख ७५ हजार  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ