arrow

काँग्रेस कार्यालयमा तालाबन्दी

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
13th-congress.png.png.png
दैलेख। नेपाल तरुण दलका कार्यकर्ताले नेपाली काँग्रेस दैलेख जिल्ला कार्यालयमा आज तालबन्दी गरेका छन् । पाँच वर्षको क्रियाशील सदस्यता नवीकरण गरेको रकम दुरुस्त नभएको भन्दै नेपाल तरुण दलका जिल्ला अध्यक्ष टेकबहादुर कटुवालको नेतृत्वमा ताला लगाइएको हो । 
 
नेपाली काँग्रेसको जिल्ला कार्यसमितिको भवन निर्माण गर्दा जिविसबाट प्राप्त अनुदान रकम र सुर्खेत जिल्ला तथा अन्य पार्टी, सङ्घसंस्थाबाट उपलब्ध रकमबाट भवन निर्माण गर्दै आएको बिल भर्पाइसमेत सार्वजनिक गर्नुपर्ने माग गर्दै कार्यालय बन्द गरिएको कटुवालले बताए । सबैतिर महाधिवेशनको माहोल तातीदा दैलेखमा भने पार्टी कार्यालयमा लगाएको तालाबन्दीले अन्योल सिर्जना गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ