arrow

प्रहरी हत्याका आरोपी राज्यमन्त्री अदालतमा हाजिर

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
minister_Sharma.jpg

गौशाला । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सोमबार बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
    
विसं २०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीद्वारा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा शर्मासमेत अभियुक्त रहेका थिए ।

विभिन्न सञ्चारमाध्यममा उनि सो मुद्दामा फरार रहेको समाचार आएपछि आफू आज निवेदन दिएर आफैँ अदालतमा हाजिर भएको  उनले अदालतमै सञ्चारकर्मीसँग बताए ।

 जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उनि हाजिर भएका हुन् । उनका वकिल रमेशकुमार पाण्डेले उनि सशस्त्र प्रहरी निरीक्षक हत्यामा संलग्न रहेको बारे अदालतले ७० दिने म्यादीपूर्जी (समन) समेत नपठाएकाले राज्यमन्त्री शर्मालाई घटनाबारे केही थाहा नरहेको र पछि सञ्चारमाध्यममा उनको नाम आरोपीको सूचीमा रहेको जानकारी भएपछि उनि आफैँ सोमबार निवेदन दिएर हाजिर भएको बताए ।

वकिल पाण्डेले जिल्ला प्रहरीले राज्यमन्त्री शर्माको म्यादी पूर्जी हराएकाले पठाउन नसकिएको अदालतलाई जानकारी दिएको बताए  । पाण्डेका अनुसार अदालतको सम्मानका लागि आफैँ हाजिर भएका राज्यमन्त्री शर्माका सम्बन्धमा थुनछेकको बहस आजै चल्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ