arrow

एप्पलको आईफोन एक्स र समसुङको ग्यालेक्सी नोट ९ मा कुन राम्रो ?

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
note-iphone.png

काठमाडौं । विश्व बजारमा सामसुङको १ हजार अमेरिकी डलरभन्दा महँगो स्मार्टफोन आउने अन्तिम तयारीमा छ । सामसुङ कम्पनी ग्यालेक्सी नोट ९ बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको हो । एप्पल कम्पनीको आईफोन एक्स १ हजार डलरभन्दा महँगो रहेकोमा सामसुङले पनि महँगो स्मार्टफोन ल्याउने तयारी गरेको हो । 

गत विहीबार सामसुङले आफ्नो ग्यालेक्सी नोट ९ को विवरणहरु सार्वजनिक गरेको छ । यसको मूल्य आईफोन एक्स बराबरको रहेको छ । विभिन्न किसिमका फिचर्सहरुको अध्ययन गर्ने हो भने सामसुङको यो उत्पादन आईफोन एक्सको तुलनामा सामसुङको उत्पादन केही महत्वपूर्ण रहेको देखिएको हो ।

आईफोन एक्सको तुलनामा सामसुङ ग्यालेक्सी नोट ९ गह्रौं र आकारमा ठुलो रहेको छ । ग्यालेक्सी नोट ९मा आईफोन एक्सको तुलनामा ठुलो र राम्रो स्क्रिन रहेको कम्पनीले अहिले सार्वजनिक गरेको विवरणले देखाइको छ । सामसुङको आउन लागेको स्मार्टफोन ६.४ इन्चको स्क्रिन भएको रहेको छ भने आईफोन एक्सको स्क्रिन ५.८ इन्चको स्क्रिन रहेको छ । सामसुङको डिस्प्ले प्रतिइन्च ५१६ पिक्सेलको रहेको छ भने आईफोनको डिस्प्ले ४५८ पिक्सेल प्रतिइन्चको रहेको छ । 

स्टोरेजको मामिलामा पनि नोट ९ आईफोन एक्सभन्दा अगाडि रहेको छ । नोट ९ मा ६ जीबीको र्‍यामको प्रयोग गरिएको छ जबकी आईफोन एक्समा ३ जीबीको र्‍याम रहेको थियो । १ हजार डलरको नोट ९ मा १२८ जीबी इन्टर्नल मेमोरीको प्रयोग गरिएको छ जबकी सोही मूल्यको आर्इफोन एक्समा ६४ जीबीको इन्टर्नल मेमोरी रहेको छ ।  ग्यालेक्सी नोट ९ को ब्याट्रि आईफोन एक्सको भन्दा निकै क्षमतावान् रहेको छ । आईफोन एक्समा २७६१ एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ जबकी नोट ९ मा ४ हजार एमएएचको ब्याट्रि रहेको छ । 

चार्जिङको हिसाबमा पनि नोट ९ अगाडि रहेको छ । नोट ९ छिटो चार्ज हुने प्रविधिको साथमा आएको छ तर यस किसिमको प्रविधि आईफोन एक्समा छैन । दुवै स्मार्टफोनहरुले वायरलेस चार्जिङ सपोर्ट गर्छन् तर दुवै स्मार्टफोनको लागि वायरलेस चार्जिङ प्याड खरिद गर्नुपर्ने हुन्छ । 

दुवै स्मार्टफोनहरु पानीबाट सुरक्षित रहेका छन् । नोट ९ मा रहेको एस पेन प्रयोग गर्न जान्ने हो भने निकै महत्वपूर्ण फिचर्स हो । यो फिचर्सको सहयोगमा स्मार्टफोनका धेरै कामहरु गर्न सकिने बताइएको छ । आईफोन एक्सले निकै गुणस्तरीय फोटो खिच्न सक्छ तर सामसुङले पनि आफ्नो नयाँ स्मार्टफोनमा महतवपूर्ण क्यामेराको फिचर्स ल्याएको छ । जसको कारण विभिन्न किसिमको प्रकाशमा फोटो खिच्ने मामिलामा आईफोन एक्सको तुलनामा नोट ९ अगाडि रहेको देखिन्छ । 

नोट ९ एन्ड्रोइडको पुरानो भर्सन गुगल ओरेओमा चल्छ चर आईफोन एक्स आईओएसको नयाँ भर्सनमा चल्छ । नोट ९ मा नयाँ भर्सनको अपडेट कहिले आउने भन्ने खुलाइएको छैन । 

नोट ९ मा फिंगरप्रिन्टका साथै फेस रिकोग्निसनको फिचर्स पनि रहेको छ । आईफोन एक्समा भने केवल फेस रिकोग्निसनको मार्च फिचर्स रहेको छ । आईफोन एक्समा यदि फेस रिकोग्निसनले काम नगरेको खण्डमा पिन थिच्नुपर्ने हुन्छ तर नोट ९ मा भने पिंगरप्रिन्ट स्क्यानरको सुविधा रहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ