arrow

छालाको हेरचाह गर्नु छ ?, 'युथ इटर्निटि' का क्रीम लगाउनुस्

logo
प्रकाशित २०७५ साउन २८ सोमबार

काठमाडौं ।  हिमालय ड्रग कम्पनीले सोमबार 'युथ इटर्निटि' नामक छाला को हेरचाह  गर्ने विशिष्ट क्रीमहरु प्रस्तुत गरेको छ । छालालाई जवान राख्न एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालाइ स्टेम सेल प्रविधिबाट युथ इटर्निटि रेन्जका क्रिमहरु तयार पारिएको हो ।  

सोमबार भएको समारोहमा प्रख्यात छाला विशेषज्ञ डा अपर्णा शाहले बिरुवाको स्टेम सेल्सका महत्वबारे जानकारी दिए। समारोहमा हिमायल युथ इटर्निटिका ब्राण्ड अम्ब्यासेडर माल्विका सुब्बा तथा हिमालय ड्रग कम्पनीका प्रमुख पदाधिकारीहरुको पनि उपस्थिति थियो।

 कार्यक्रममा प्रारम्भिक अवस्थादेखि छालाको हेरचाह गर्ने तथा युथ इटर्निटिको महत्वपूर्ण सिद्धान्तको बारे समेत छलफल गरिएको थियो ।

पछिल्लो समय मा, प्रदुषण, तनाव, युभी किरण र खराब खानपिन जस्ता कारणले छालाको एजिंग प्रक्रिया तिब्र गतिमा हुन्छ।  यस्ता विकृतिहरुले छालामा चाउरी, कालोपन र गाडा धब्बाहरु समेत निम्त्याउछन।

 त्यसैले, समयमै आफ्नो छालाको हेरविचार गर्न आवश्यक हुन्छ। यस  युथ इटर्निटि रेन्जले  छालामा आउने यस्ता समस्याहरुलाई कम गरेर छालालाई पुनर्जीवित पार्न मदत गर्छ।

स्विस एल्प्समा पाइने एडेलवाइस बिरुवा, अत्यन्तै निर्मम वातावरणमा फाल्ने भएकाले यसले आफुलाई जोगाउनको निम्ति सक्रिय तत्वहरु उत्पादन गर्दछ।

विस्तृत रुपमा भएको अनुसन्धानले यो प्रमाणित गरेको छ कि एडेलवाइस बिरुवाबाट झिकिएको तत्वमा पुनर्स्थापना गर्न सक्ने विशिष्ट गुणहरु पाइन्छन, जसले छालाको कोमलतालाई जोगाउने काम गर्छ।  युथ इटर्निटि रेन्जका क्रिममा पाइने बिरुवाको स्टेम सेल्स , एउटा क्रान्तिकारी प्रविधि “प्लान्ट स्टेम सेल टेक्नोलोजीबाट” निकालिएको हो।

युथ इटर्निटिमा तीनवटा उत्पादनहरु रहेका छन्, ती हुन्, द हिमालय युथ इटर्निटि डे क्रिम, द हिमालय युथ इटर्निटि नाइट क्रिम, र द हिमालय युथ इटर्निटि अण्डर आइ क्रिम।

द हिमालय युथ इटर्निटि डे क्रिम, बिरुवाको स्टेम सेलको अनुन्धान  र दुर्लभ जडिबुटि बाट तयार पारिएको एउटा आविश्कारी उत्पादन हो। यो डे क्रिम हलुका, चिप(चिप रहित, छालामा चांडो सोशिनुका साथ् साथै थुप्रै वनस्पतिको समिश्रणले तयार पारिएको हो, जसले मसिना घेरा तथा चाउरी हटाएर छालामा नयाँ जीवनभरेर छालालाई स्वस्थ, चमकदार, र जवान बनाउछ।

द हिमालय युथ इटर्निटि नाइट क्रिम, एडेल्वाइस बिरुवाको स्टेम सेल्स, उडफोरडीया, रोज मर्टल, किपाडेसा र स्याउको विशेष मिश्रणले तयार पारिएको, एन्टीअक्सिडेण्ट र पोलिफेनोल्सले भरपुर क्रिम हो। यो नाइट क्रिमले छालामा रातभर काम गरेर छालामा रहेका मसिनो घेरा र चाउरी हटाइ छालालाई इभन(टोन  र जवान बनाउछ।

द हिमालय युथ इटर्निटि अण्डर आइ क्रिममा पर्याप्त मात्रामा एन्टी(इन्फ़्लेमेटोरि तत्वहरु हुनुको साथै, एडेल्वाइस बिरुवाको स्टेम सेल्स, उडफोरडीया, रोज मर्टल, किपाडेसा र अमलाको अचुक समिश्रणले तयार पारिएको हो।यस अण्डर आइ क्रिमले छालाको रुखोपन हटाएर आँखा वरिपरीको छालालाई नरम बनाई त्यसलाई चमकदार, स्वस्थ र जवान बनाउदछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ