- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी ढंगले पत्रपत्रिका वर्गीकरण गरेको भन्दै चर्को विरोध जनाएको छ । युनियनले विरोध स्वरुप जिल्लाहरुका जिल्ला प्रशासन कार्यालयमार्फत संचारमन्त्रीलाई ज्ञापन पत्र बुझाउने जनाएको छ ।
प्रेस काउन्सिलले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरणको नतिजाप्रति देशभरका पत्रकार र पत्रिका संचालकहरुमा ब्यापक असन्तुष्टी पाइएको हो ।
यसप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नतिजालाई लिएर देशभरबाट श्रमजीवि पत्रकार साथीहरुले गम्भिर असहमति जनाएको अवस्थामा तत्काल निर्णय सच्याइ पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न सम्बन्धित निकायसमक्ष यसअघिनै जोडदार माग गरिसकेको युनियनले देशभरका शाखाहरुको अगुवाइमा आ–आफ्नो जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत संचार तथा सुचना प्रविधि मन्त्रालय र मन्त्रीलाई साउन ३१ गते एकै दिन ज्ञापन पत्र बुझाउन केन्द्रीय समितिबाट परिपत्र जारी गरेको छ ।
यस्तो छ युनियनले जारी गरेको परिपत्र
मितिः २०७५।०४।२८
प्रिय साथीहरु
विषयस् जिल्ला प्रशासन कार्यालयमार्फत संचारमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बारे ।
उक्त सम्बन्धमा प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरणको नतिजाप्रति देशभरका पत्रकार र पत्रिका संचालकहरुमा ब्यापक असन्तुष्टी पाइएको छ । यसप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । नतिजालाई लिएर देशभरबाट श्रमजीवि पत्रकार साथीहरुले गम्भिर असहमति जनाएको अवस्थामा तत्काल निर्णय सच्याइ पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न सम्बन्धित निकायसमक्ष हामीले यसअघिनै जोडदार माग गरिसकेका छौं ।
नतिजा निकाल्ने क्रममा राजनितिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपाबाद हावी भएको गुनासो समेत पत्रकार बृतबाट आएको छ । नियमित रुपमा प्रकाशन भईरहेका पत्रपत्रिकालाई बर्गीकरणमा घटुवा गरि सोही ठाँउमा कहिलेकाँहि प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएका गुनासा आएका छन् । पत्रपत्रिका बितरण संपरिक्षण समितिको सिफारिसलाई समेत लत्याउदै बोर्ड बैठक समेत नबसी फरक नतिजा प्रकाशन गरिएको कुराले हामीलाई झन आक्रोशित तुल्याएको छ ।
काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ ।
पत्रपत्रिका बर्गिकरण पछि दिईने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरुलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।
यसै सिलसिलामा नेपाल प्रेस युनियनका देशभरका शाखाहरुको अगुवाइमा आ–आफ्नो जिल्लाका जिल्ला प्रशासन कार्यालय ९सिडिओ० मार्फत संचार तथा सुचना प्रविधि मन्त्रालय र माननीय मन्त्रीज्यूलाई मिति २०७५ साउन ३१ गते एकै दिन ज्ञापन पत्र बुझाउन केन्द्रीय समिति परिपत्र जारी गरिएको छ। यसै अनुसार ज्ञापन पत्र बुझाएको ब्यहोरा केन्दीय समितिलाई पनि गराउन आग्रह गर्दछौं । हाम्रो मागलाई सम्बन्धित निकायले वेवास्था गरे केन्द्रको निर्देशन बमोजिम चरणबद्ध आन्दोलनमा उत्रिन तयारी अवस्थामा रहन पनि आग्रह गर्दछौं ।
अजयबाबु शिवाकोटी
महासचिब