arrow

समाजवादको मूल आधार वर्ग संघर्ष : दाहाल

तराई–मधेसमा जनतामाझ भ्रम छरेर स्वार्थसिद्ध गर्न खोज्ने प्रवृत्ति बढ्यो

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
dahal-samajbad-&-barga-sangharsa.jpg.jpeg
काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादको मूल आधार नै वर्ग संघर्ष भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतबार आयोजित ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण’ कार्यक्रममा दाहालले नेपालको नयाँ संविधानले नै समाजवादलाई आत्मसात् गरेकाले त्यसलाई समृद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । 
 
सामाजिक न्यायसहितको आर्थिक समृद्धि नै राजनीतिक दलको प्रमुख विचार र कार्यनीति हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले राजनीतिसँगै आर्थिक विषयलाई पनि योजनाबद्ध रुपमा अगाडी बढाउनु पर्ने आवश्यकता औंल्याए । अध्यक्ष दाहालले नयाँ संविधानले अल्पसङ्ख्यक समुदाय र वर्गलाई समेत अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै भने, ‘संविधान निर्माणमा एमाओवादीले पहलकदमीबाट देशभर नयाँ रक्तसञ्चार पैदा भएको छ । जनतामा नयाँ आशा र चेतनाको रक्तसञ्चार भएको छ ।’
 
फरक प्रसङ्गमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण विग्रेको सम्बन्ध सुधार्न मात्र भएको बताए । दाहालले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हो कुनै सन्धि र सम्झौता गर्न होइन ।’ अध्यक्ष दाहालले मधेसका जनताको वास्तविक मुक्तिका लागि आफ्नो पार्टीले अगाडि सारेको कार्यदिशा नै सही र वास्तविक भएको भन्दै तराई–मधेसमा जनतालाई भ्रम छरेर आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने प्रवृत्तिविरुद्ध सचेत हुनुपर्ने बताए ।



नयाँ