arrow

इङ्गलिश प्रिमियर लिग : शीर्ष स्थानको लेस्टरविरुद्ध आर्सनलको सनसनीपूर्ण जित

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
aarsanl.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनले शीर्ष स्थानको लेस्टिर सिटीविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । घरेलु मैदानमा आर्सनले लेस्टरसिटीविरुद्ध २–१ को जित निकालेको हो । आर्सनको जितका लागि डेनी वेल्बेकले निर्णायक गोल गरेका हुन् ।
 
पहिलो हाफको अन्तिम ४५औं मिनेटमा पेनाल्टीमार्फत लेस्टरका जेमी भार्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफपछि ५४औं मिनेटमा डेनी सिम्पसन दोहारो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको लेस्टर सिटी दबाबमा रहयो ।
 
७१औं मिनेटमा आर्सनलका थियो वाल्कोटले गोल गर्दै १–१ को बराबरी गरे । आक्रामक खेलको अन्तिम समयमा डेनीले गोल गर्दै टोलीलाई सनसनीपूर्ण जित दिलाए । जितसंगै आर्सनल दोस्रो उक्लँदै शीर्ष स्थानको लेस्टर सिटीसंग अंक दूरी कम गरेको छ । 
 
२६ खेलबाट ५३ अंक जोडेको लेस्टर शीर्ष स्थानमा रहँदा समान खेलबाट ५१ अंक जोडेको आर्सनल दोस्रो स्थानको टोटनह्याम हट्सपरलाई पछार्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेलक कम खेलको टोटनह्याम ४८ अंक सहित तेस्रो स्थानमा छ । आइतबार राति नै एस्टन भिल्ला र लिभरपुल र म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सवर भिड्दै छन् । 
 
यसअघि, शनिबार राति भएको खेलमा न्यूकासल युनाइटेडविरुद्ध ५–१ को जित निकाल्दै संकटग्रस्त चेल्सी लिगको अंक तालिकामा १२औं स्थानमा उक्लिएको छ । म्यान्चेस्टर युनाइटेड भने रेलिगेशन क्षेत्रमा रहेको सन्डरल्याण्डसंग पराजित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ