काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राउटे मुखियालाई तीन लाख सहयोग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राउटेका मुखियालाई प्रधानमन्त्रीको तर्फबाट स्वकीय सचिव रमेश भट्टराईले सो रकम हस्तान्त्रण गरेका हुन् । राउटेका मुखिया वीरबहादुर शाही, सूर्यनारायण शाही र दिलबहादुर शाहीलाई प्रधानमन्त्री ओलीका तर्फबाट सो रकम सहयोगस्वरुप प्रदान गरिएको हो ।
यसअघि चाडबाड मनाउन सरकारले आफूहरूलाई सहयोग गर्नुपर्ने माग लिएर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राउटेका मुखियालाई प्रधानमन्त्री ओलीले कपडासहित जुत्ता पनि किनिदिएका थिए । नेपालका फिरन्ते जीवन बिताउने राउटे जातिको बसोबास दैलेख र अछामका जङ्गल क्षेत्रमा हुने गरेको छ ।