arrow

महाधिवेशनपछि काँग्रेस पनि सरकारमाः उपप्रधानमन्त्री गच्छदार

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
bijay.jpg.jpeg
सोलुखुम्बु। भौतिक योजना तथा निर्माण मन्त्री एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले देशमा चाँडै सहमतीय सरकार बन्ने बताएका छन्। जीवनज्योति उच्च मावि नेले सोलुखुम्बुको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले संविधान कार्यान्वयन र देश विकासका लागि सहमतीय सरकार आवश्यक रहेको बताए। अब कम्तीमा ३ वर्षका लागि देशका सबै ठूला शक्ति सम्मिलित सरकार आवश्यक रहेको र त्यसको पहल भइरहेको भन्दै उहाँले चाँडै त्यसको नतिजा प्राप्त हुने बताए। 
 
उपप्रधानमन्त्री गच्छदारले तराईको आन्दोलन रोकिएको र अब तराईमा भएको क्षतिलाई समेत ध्यान दिएर सबै दल एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको र यसमा ठूलो दल काँग्रेस पनि सकारात्मक हुने विश्वास व्यक्त गरे। महाधिवेशनपछि काँग्रेस पनि सरकारमा आउने विश्वास उनको थियो।  
 
देशमा अब राजनीतिक आन्दोलनभन्दा विकास निर्माणको आन्दोलन आवश्यक रहेकाले सबै दल मिलेर अबको १० वर्षमा देशलाई विकासको गतिमा उच्चतम् बनाउन अहिलेको सरकार कटिबद्ध रहेको पनि उपप्रधानमन्त्री गच्छदारले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ