रियल टाइममा खाता खोल्न मिल्ने शाखा रहित माछापुच्छेको बैंकिङ्ग सेवा मुस्ताङ्गमा शुरु
प्रकाशित २०७५ साउन ३० बुधबार
208
Shares
काठमाडौं। माछापुच्छे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ। बैंकले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्ग गरी ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ।
माछापुच्छे बैंक लिमिटेडको हालसम्म २५ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ। ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्र हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ। बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा एक सय १३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।