arrow

सुबिसुको सेल्स आउटलेट कलंकीमा

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
_DSC6044_(Copy).jpg

नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायककम्पनी, सुबिसु केवलनेटले आफ्नो पाचौं सेल्स आउटलेट “सुबिसु स्टेशन” काठमान्डौंको कलंकीमा सञ्चालन गरेको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेशनको उद्घाटन गरे।

यस स्टेशनबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिकाग्राहकहरुलाई सुबिसुको सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदानगर्ने, सो सेवाहरुको विक्रितथावितरण साथै सेवा पछिको आफ्टर सेल्स सपोर्ट आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ।

यस स्टेशनको स्थापनासगैं हाल सुबिसु स्टेशनहरु ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमारहेका छन्  साथै कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापनागर्ने योजना रहेको छ ।

सुबिसु नेपालको पहिलो कम्पनीहो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्दछ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ