गृहमन्त्री वादललाई कांग्रेस सांसदको प्रश्न–‘ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ?
समयमा काम नसक्ने ठेकेदारलाई किन ज्वाँइ राजाझैँ पालेर राखेको ?
प्रकाशित २०७५ साउन ३० बुधबार
608
Shares
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद मीना सुब्बाले सुन तस्करी काण्डमा साना माछा पक्राउ गरेको र ठूला माछाले उन्मुक्ति पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा उनले प्रश्न गर्दै भनिन्, ‘सुन तस्करीका भुरा माछाहरु पक्राउ पर्दा ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ?’ सरकारले साना माछा अर्थात् भरिया पक्रिएर ठूला माछा छोडेकोतर्फ उनले संकेत गरिन् । मंगलबार मात्रै गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीसँग जोडिएका ठूला माछा पक्राउ परिसकेको बताएका थिए ।
यस्तै, उनले सपथ खाएछि सुरु सुरुमा मन्त्रीहरुले राम्रै काम गरेपनि अहिले सबै सुस्ताएको बताईन् । पहिले मन्त्रीहरुले लोकप्रियताको लागि केही कामहरु गरेपनि पछिल्लो समय जनतामा निराशा छाएको औँल्याईन् । उनले नामै लिएर गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले सुरुमा ठिकठिकै गरेपनि अहिले सुरुवातमा कमाएको लोकप्रियता पनि सिद्धिएको टिप्पणी गरिन् ।
सांसद सुब्बाले प्रश्न गरिन्, ‘अहिले के कारणले सुस्ताएका छन् ? उनले, ‘सिन्डिकेट पक्षधर यातायात व्यवसायी, वैदेशिक रोजगारीमा हुने गठि र ठेक्का लिएर समयमा काम नसक्ने ठेकेदारहरुलाई किन ज्वाँइ राजा पालेझैँ राखेको ?’ भनेर समेत सोधिन् ।