arrow

निसान गाडीको एक्सचेन्ज मेला भाद्र ४ गते सम्म

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
nissan_logo.jpg

काठमाडौं। नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ। श्रावण २८ बाट सुरू गरिएको मेला देशव्यापि रूपमा भाद्र ४ गते सम्म हुने जानकारी कम्पनीले दिएको छ।

कम्पनीका निर्देशक सन्दिप सारदाले भने, 'हाल निसान गाडीलाई लिएर आम जनमानसमा उत्सुकता र जिज्ञासा बढेको हामीले जानकारी पाएका छौँ। हाम्रा ग्राहकहरूको मागलाई बुझेर हामीले यो एक्सचेन्ज मेला आयोजना गरेका हौँ। भर्खरै पनि हामीले डाट्सन गाडीको एक्सचेन्ज मेला समापन गरेका थियौँ। ग्राहकहरूको उत्सुकतालाई मध्यनजर गरी आयोजना गरिएको निसानको मेलाले पनि यस्तै नतिजा दिने हाम्रो विश्वास छ।' 

यो मेलामा ग्राहकहरूले ३ लाखसम्मको छुट र पाँच लाखसम्मको एक्सचेन्ज बोनस छुट तथा थुप्रै उपहारहरू प्राप्त गर्न सक्नेछन्। मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन पनि गरिने र तुरून्तै किस्ताबन्दीको सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ