कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरु सरकारले दिने भनेको अनुदान रकम नपाएपछि अनशनमा बसेका छन । आर्थिक वर्ष २०७१/७२ मा सरकारले उखुको मुल्य निर्धारण गर्दा ४ सय ६१ निर्धारण गरेको थियो खरिद कम्पनी वाट ४ सय ३६ किसानले पाउने र २५ रुपैया सरकारले दिने सहमती भएको थियो ।
सोही अनुसार प्रति क्वीन्टल २५ रुपैयाको दरले दिने सहमती हाल सम्म कर्यान्वनमा नपाउदा किसानहरु अनशनमा बस्ना बध्य भएका छन । किसानहरुले इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन । कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन।
कपिलवस्तुमा मात्रै करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पुर्ण प्रकृयाहरु पुरा गरेको भए पनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले वताए । अनुप कुमार चौधरी शिवराज नगरपाकिला वडा नं ७ का वडा अध्यक्ष समेत हुन ।
अनशनमा अध्यक्ष अनुप कुमार चौधरी सहित स्थानीय किसानहरु रहेका छन् । अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताए ।
करिव ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिले सम्म किन पाउन सकिएन ?
किसानहरुलाई आस देखाएर नदिनु गलत भएको भन्दै सरकराले किसानहरुलाई तुरुन्तै अनुदान वापत रकम दिनु पर्ने किसानहरुको माग छ । पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ ।
महालक्ष्मी सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको चौधरीले वताए । जिल्लाका उखुँ किसानहरुको आन्दोलनमा नेपाली काँग्रेस शिवराज नगरपालिकाले समेत समर्थन रहेको नेपाली काग्रेसका युवा नेता अजय थापाले बताए । किसानहरुले पाउनु पर्ने रकम दिन सरकारले ढिला सुस्ती गरेको प्रति इगिंत गर्दै थापाले किसानले पाउनु पर्ने आफ्नो रकम पाउनका लागी पनि आन्दोलन गर्नु परेको सरकारका लागी लज्जास्पद कुरा भएको बताएका छन ।