arrow

अध्यक्ष नहुँदा दूरसञ्चार प्राधिकरणका कर्मचारीले पाएनन् तलब

आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी

logo
प्रकाशित २०७५ साउन ३० बुधबार
Nepal-Telecom-Authority1.jpg

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनले नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी रुपमा काम गर्न नसकेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै यूनियनले अध्यक्षको पद रिक्त रहेकाले  प्राधिकरणका कर्मचारीहरुको घर भाडा, विजुली बत्तिको बिल भुक्तानि, मसलन्द तथा छपाई साथै कर्मचारीको तलब पूर्ण रोकिएको जनाएको छ ।

प्राधिकरणमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार असार २० गते बाट अध्यक्षको पद रिक्त रहेको छ । सूचना तथा सञ्चार मन्त्रालयमा अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरे पनि अध्यक्ष छान्न सकेको छैन  । साथै प्राधिकरणको बोर्ड बैठक समेत बस्न नसकेको जनाइएको  छ ।

यस अघि सो विषयमा दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनका पदाधिकारीहरुले सूचना तथा सञ्चार मन्त्रीलाई भेटेर ध्यानाकर्यण गराएका थिए। साथै मन्त्रीले प्राधिकरणलाई काम गर्ने वातावरण बनाउने आश्वासन दिएका थिए ।

दूरसञ्चार प्राधिकरणले प्रभावकारी रुपमा काम गर्न नसकेको जनाउदै सो बिषयमा मन्त्रालय तथा सम्बन्धित पदाधिकारीबाट सम्बोधन नभए आन्दोलनको कार्यक्रम घोषणा गर्ने यूनियनले चेतावनी दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ