arrow

सन् २०२३ सम्म आफ्नै कार ल्याउने एप्पलको तयारी

logo
प्रकाशित २०७५ साउन ३१ बिहिबार
apple.jpg

काठमाडौं । अमेरिकी कम्पनी एप्पलले सन् २०२३ देखि २०२५ सम्मको अवधिमा आफ्नै कार ल्याउनसक्ने देखिएको छ । एप्पलको हङकङका टीएफ सेक्युरिटिजका विश्लेषकहरुले यस्तो बताएका हुन् । 

विश्लेषकहरुका अनुसार अहिले एप्पलले अघि सारेको योजनाले आगामी दिनमा यो कम्पनीले आफ्नो बजारको हिस्सा २० खर्ब डलर पार गर्नेछ । एप्पल कम्पनीले अहिले १० खर्ब डलरको हिस्सा पार गरिसकेको छ । पछिल्लो समय एप्पलको सेवाको व्यापार, एग्युमेन्ट रियालिटी(एआर) ह्याण्डसेट र एप्पल कारको माध्यमबाट कम्पनीले उल्लेख्य रकम  आम्दानी गर्ने विश्लेषकहरुले बताएका हुन् । 

लगानीकर्ताहरुलाई पठाइएको एक नोटमा कम्पनीले आफ्नै कार सार्वजनिक गर्नसक्ने संकेत दिएको हो । कम्पनीले सन् २०२३ देखि २०२५ को बीचमा कुनै पनि समयमा एप्पल कार बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो । उक्त कारलाई कम्पनीको ‘आगामी सबैभन्दा महत्वपूर्ण उत्पादन’को रुपमा हेरिएको छ । 

यद्यपि एप्पलको आउँदो उत्पादनको विषयमा थप कुनै विवरण भने दिइएको छैन । साथै यो कार सार्वजनिक हुने यकिन मिति पनि खुलाइएको छैन ।

यद्यपि एप्पलले आधिकारिकरुपमा भने कुनै प्रतिक्रिया दिएको छैन । एप्पलसँग अमेरिकामा सबैभन्दा धेरै स्वचालित कार ल्याउने अनुमति रहेको छ । अन्य प्रविधि कम्पनीको तुलनामा एप्पल कम्पनीसँग धेरै स्वचालित कारको अनुमति रहेको हो । यसले पनि एप्पललाई आफ्नै कार ल्याउने बाटो सहज रहेको पाइएको हो । 

विश्लेषकहरुले एप्पल कारको योजना सार्वजनिक हुनुले कम्पनी गोपनीयताको हिसाबमा अहिलेसम्मकै सबैभन्दा कमजोर देखिएको बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ