arrow

लिभरपुलको गोल वर्षा, म्यान्सिटीलाई झट्का

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
tittenham-1.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी हुँदा म्यान्चेस्टर सिटी पराजित भएको छ । आइतबार राति भएका खेलमा आर्सनले शीर्ष स्थानको लेस्टर सिटीलाई २–१ ले हराउँदै अंक दुरी कम गरेको छ । यस्तै, लिभरपुलले एस्टन भिल्लाको पोष्टमा ६ गोल गर्दै शानदार जित निकालेको छ ।  लिभरपुललाई जिताउन डानियल स्टुरिज, जेम्स मिल्नर, इम्रे कान, डिभोक ओरीगी, नाथनाइल क्लेन र कोलो टुरेले एक–एक गोल गरे ।

इङ्गलिश क्लब म्यान्चेस्टर सिटी भने टोटनह्याम हट्सपरसंग २–१ ले पराजित भएको छ । २६औं चरणका खेल सकिदा सम्म लेस्टर सिटी ५३ अंक सहित शीर्ष स्थानमा छ । लेस्टरलाई हराउँदै केही घण्टामात्रै दोस्रो स्थानमा उक्लिएको आर्सनललाई गोल अन्तरले पछि पार्दै टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । दुवैको समान ५१ अंक छ । चौथो स्थानको म्यान्सिटीलाई हारले धक्का लागेको छ । सिटीको जम्मा ४७ अंक छ ।

Eriksen (left) is hugged by fellow goalscorer Harry Kane (right) after his cool finish late on in the Premier League encounter 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ