- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध शानदार जित निकालेको छ । उरुग्वेइन स्टार लुइस सुआरेजको ह्याट्रिकको मद्दतले बार्सिलोना ६–१ को शानदार जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा बार्साका लागि लुइस सुआरेजले ५९, ७५ र ८२ औं मिनेटमा गोल गरे । खेलको २८ औं मिनेटमा गोल गर्दै बार्सालाई मुख्य फरवार्ड लियोनल मेसीले अग्रता दिलाएका थिए ।
३९औं मिनेटमा सेल्टाका जोहनले गोल फर्काए । मेसीले ८२औ मिनेटमा पाएको पेनाल्टी सुआरेजलाई पास गरे । सोही असिस्ट पासलाई सुआरेज आफ्नो ह्याट्रिकको अस्त्र बनाए । सुआरेज पछिल्लो समय उत्कृष्ठ लयमा छन् । यस्तै, ८५औं मिनेटमा इभाँ राकिटिचले गोल गर्दा अन्तिम समय ९०औं मिनेटमा नेमारको पालो आयो । नेमारले एक गोल गर्दै ६–१ नतिजामा ल्याए ।
आइतबार राति भएका अन्य खेलमा रियाल सोसिडाडले ग्रनाडालाई ३–०, सेभियाले लस पल्मसलाई तथा इबारले लेभान्तेलाई २–० र एथ्लेटिको मड्रिडले गेटाफेलाई १–० ले हराए । यससंगै, २३ खेलबाट बार्सीलोना ५७ अंक जोड्दै शीर्ष स्थानमा कायम छ । एक खेल बढी खेलेको एथ्लेटीको मड्रिडको ५४ अंक भएको छ । जिनेदिन जिदानको रियाल मड्रिडको ५३ अंक छ ।