arrow

नेपाली काँग्रेस पाँचथरको सभापतिमा पुन केरुङ विजयी

को को आए महाधिवेशन प्रतिनिधी

logo
जितेन्द्र भण्डारी।
प्रकाशित २०७२ फागुन ३ सोमबार
13th-congress.png.png.png
पाँचथर। नेपाली काँग्रेस पाँचथरको १३ औं जिल्ला अधिवेशनबाट सभापतिमा पुन नरेन्द्र कुमार केरुङ विजयी भएका छन्। फिदिममा गएराती सम्पन्न मतगणना अनुसार केरुङ दोश्रो कार्यकालका लागि प्रतिद्धन्द्धी सुरेन्द्रकुमार दाहाललाई १७ मतको अन्तरले पराजीत गर्दै सभापतिमा निर्वा्चित भए। केरुङको पक्षमा कूल मतको २२७ र दाहालको पक्षमा २१० मत खसेको थियो।
 
सचिवमा रुपनारायण जवेगू विजयी भए। उनले २५४ मत प्राप्त गरे। प्रतिद्धन्दी हरिराज आङदेम्बेले १८२ मत मात्रै प्राप्त गरे। कोषाध्यक्षमा जयप्रसाद ढकाल निर्वाचित  भए । उनले २२० मत प्राप्त गरे भने प्रतिद्धन्द्धी रामराज आङदेम्बेलस २०७ मत प्राप्त गरे। 
 
यसैवीच क्षेत्र नम्बर २ बाट ५ जना खुल्ला सदस्यमा पूर्ण कुमार तुम्बापो विजयी हुनु भए। नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य समेत रहेका तुम्बापोले सर्वाधिक १७५ मत प्राप्त गरे। अन्य सदस्यहरुमा डेकेन्द्र कुमार तामाङले १६२, वृजहाङ आङदेम्बेले १५२,धनेन्द्र प्रसाद चेम्जोङले १२८ र गोविन्द वहादुर फुयाँलले १२३ मत प्राप्त गरेर विजयी भए।
 
आदिवासी जनजातिमा शशिराज आङदेम्बे १११ मत र दलित कोटाबाट देवीचन्द्र पोर्तेलले १६२ मत प्राप्त गरेर विजयी भए। २ महिला सदस्यमा भने गंगामायाँ आङदेम्बे र आशा आङदेम्बे तथा मधेशीमा कालिप्रसाद लाल कर्ण निर्विरोध चयन हुनु भए। 
 
क्षेत्र नम्बर १ मा ५ खुल्ला सदस्यका लागि भएको निर्वाचनमा नारायण कोइराला ११०  मत, पूर्णकुमार आङदेम्बे १ सय २, वालकृष्ण ओझा १००, यज्ञप्रसाद भटटराई ९५ र छवि वास्कोटा ९३ मत प्राप्त गरी विजयी भए। दलितमा धनवहादुर सुन्दास शेर वहादुर विकलाई ४ मतले हराउँदै सदस्यमा निर्वाचित भए। उनले ८८ मत प्राप्त गरे।
 
यस अघि नै २ महिला सदस्यमा सावित्रीदेवी गुरुङ र उर्मिला श्रेष्ठ ,आदिवासी जनजातिमा रणवहादुर तावा र मधेशीमा उमेश परसैला निर्विरोध सदस्यमा चयन भएका थिए। एक सचिव, उपसभापति र सह सचिव भने पछि मनोनयन गरिने कँग्रेसले जनाएको छ। निर्वाचनमा क्षेत्र नम्बर १ बाट २०३ र क्षेत्र नम्बर २ बाट २४४ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ