arrow

संजयले बाँडे नेपाल आर्मीसंग आरोहण अनुभब

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
sanjay-pandit-army.jpg.jpeg
काठमाडौं। किर्तिमानी बिश्व पर्वतारोही तथा धाबक संजय पण्डितले आफुले आरोहण गरेका बिश्वको सर्बोच्च शिखर सहित अन्य महादेश युरोप, अफ्रीका, अस्ट्रेलिया, अमेरिकाका हिमश्रृङखलामा फर्फराएका नेपालको राष्ट्रिय झन्डा सहितको फोटो नेपाल आर्मीको श्री एंजिनियर अफिसर्स केन्द्रीय तालिम बिभाग एयरपोर्टलाई उपहार स्वरुप प्रदान गरेका छन्। एयरपोर्टस्थित काली प्रसाद गणमा आयोजित कार्यकममा पण्डित तथा लेफ्टिनेन्ट कर्णेल राजेन्द्र श्रेष्ठद्वारा संयुक्तरुपमा फोटो गेलरि उद्घाटन गरिएको हो। पण्डितले पछिल्लो समय उल्टो हिडेर आरोहण गरि कृतिमान बनाएको अफ्रीकाको किलिमन्जारोमा काली प्रसाद गण अन्कित झन्डा शिखरमा प्रर्दसन गरेका थिए। पण्डितले आफुले आरोहण गरेको प्राण घातक हिमाल भनेर चिनिने मनास्लु, सर्बोच्च शिखर सगरमाथा लगायत बिश्वका चर्चित हिमालहरुको कृतिमानी आरोहणको अनुभब बाँडेका थिए। कार्यकममा पुर्ब लेफ्टिनेन्ट कर्णेल प्रबल शमसेर राणा लगाएत नेपाल आर्मीका सकल दर्जाको उपस्थिती रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ