arrow

मेट २० प्रो ल्याउँदै हुवावे, यस्ता छन् विशेषता 

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
mate_20_pro.png

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावे आफ्नो नयाँ उत्पादन मेट २० प्रो अब छिटै नै बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको छ । यद्यपि कम्पनीको यो उत्पादन सार्वजनिक हुनुभन्दा केही समयअघि नै यो उत्पादनको केही विवरणहरु चुहिएका छन् । कम्पनीको नयाँ उत्पादनको फोटो सार्वजनिक भएको हो । 

कम्पनीले ल्याउन लागेको नयाँ स्मार्टफोनमा ६.२५ इन्चको डिस्प्ले हुनेछ । यसका साथै यो स्मार्टफोनमा थ्रीडी रिकोग्निसन प्रविधिको प्रयोग गरिएको हुनेछ । महत्वपूर्ण कुरा हुवावे मेट २०प्रो, मेट १० भन्दा केही ठुलो आकारको हुनेछ । साथै यसमा ड्युल क्यामेराको साथमा पछाडि एक फिंगरप्रिन्ट स्क्यानर पनि हुनेछ ।

हुवावेको मेट २० प्रो तीन रङमा उपलब्ध हुने बताइएको छ । त्यसका साथै हुवावे टेक्नोलोजी ट्रेड सो आईएफए २०१८ मा आफ्नो आगामी पुस्ताको ९८० प्रोसेसर पनि सार्वजनिक गर्ने तयारी गरेको हो । 

हुवावेले बजारमा ल्याउन लागेको उक्त प्रोसेसर ७ नानोमिटरको रहनेछ । हुवावेका सीईओले हालसालै यो चिपसेटको विवरणहरु सार्वजनिक गरेका थिए । 

यो प्रोसेसरको प्रयोग हुवावेको आउन लागेको मेट २० प्रोमा पनि प्रयोग हुनेछ । अहिले सार्वजनिक भएको विवरणअनुसार हुवावेको यो स्मार्टफोनले वायरलेस चार्जिङलाई सपोर्ट गर्नेछ र यसमा एक इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि हुनेछ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ