arrow

समितिका सभापतिको निर्वाचन १२ दिन पर धकेलियो

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
parliament.png

काठमाडौँ । प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।

बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराए  । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् ।

 यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ सदनसमक्ष पेश गरे । अर्थमन्त्री डा खतिवडाले भुक्तानीलाई सरल, सहज, सुरक्षित र छिटोछरितो बनाउन विधेयक ल्याइएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ४ गते सोमबार दिनको १ बजे बस्नेछ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ