arrow

कर वृद्धिको बिरोधमा बुटवल कांग्रेस सडकमा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ १ शुक्रबार
butwal-congress.jpg

बुटवल । केन्द्र, प्रदेश र स्थानीय तहले बढाएका करको बिरोधमा नेपाली काँग्रेस सडकमा उत्रिएको छ । देशका बिभिन्न स्थानमा सरकारका काम कारबाहीको बिरोध भइरहदा पनि बुटवलमा सडकमा नउत्रिएको कांग्रेस  शुक्रबार सडकमा उत्रिएर बिरोध प्रर्दशन गरेको छ ।

सडकमा केन्द्र देखि स्थानीय तहले बढाएको करका सम्वन्धमा चर्का नारा लगाए पनि कांग्रेस नेताहरुले बुटवल उपमहानगरपालिकालाई निकै सौहाद्रपुर्ण तवरबाट ज्ञापन पत्र बुझाएका छन। बुटवलको अस्पताल लाइनमा भेला भएका कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरु नारा जुलुस गर्दै बुटवल उपमहानगरपालिका पुगेका थिए ।

उपमहानगरपालिकाको गेटमा केहीबेर प्रर्दशन गरेपछी नेताहरुले उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई कार्यकक्षमा गएर ज्ञापनपत्र बुझाएका थिए ।

नगरप्रमुख सुवेदीलाई ज्ञापन पत्र बुझाउदै कांग्रेस नगर सभापति खेलराज पाण्डेले बहुमतको नाममा सहमति, सहकार्य र सरसल्लाहको संस्कृति त्यागेर उपमहानगरपालिका एकलौटी रुपमा अघि बढेको र जनताले थेग्नै नसक्ने गरी कर बढाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । उनले नगरपालिकाले कर सम्वन्धमा गरेका निणर्य र कर पुस्तिका समेत सार्वजनिक नगरी वेभसाइटमा छ भनि गैर जिम्मेवार जवाफ दिने गरेको बताए ।

उनले कांग्रेसलाई प्राप्त जाकारी अनुसार ३५ सय प्रतिशतसम्म कर वृद्धि भएको बताउदै तत्काल समय सापेक्ष १० प्रतिशत कर वृद्धि गरी बाँकीको निर्णय फिर्ता लिन आग्रह गरे । उनले  कांग्रेसको माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए।

ज्ञापनपत्र बुझदै नगर प्रमुख सुवेदीले दल, संघ सस्था वा नागरीक समाज कसैलाई उपेक्ष गरी उपमहानगरपालिका अघि नबढेको र सबैसंग मिलेर सहकार्य गरेर अघि बढनु पर्छ त्यसैमा बुटवलको बिकास र समृद्धि सम्भव छ भन्ने नीति अंगिकार गरेको बताए ।
 
करका सम्वन्धमा बाहिर हल्ला भएजस्तो वृद्धि नभएको र कहि कतै नमिलेको भए सच्याउन सकिने उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ