चर्चित खेलाडीहरु माछापुच्छे बैंकका ब्राण्ड एम्बेस्डर
प्रकाशित २०७५ भदौ १ शुक्रबार
530
Shares
काठमाडौं। माछापुच्छे बैंकले तीन ब्राण्ड एम्बेस्डरको नाम सार्वजनिक गरेको छ। शुक्रबार बैंकले नियुक्त गरेका ब्रान्ड एम्बेस्डरहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्राण्ड एम्बेस्डर बनाएको जानकारी दिएको हो। मिरा राई म्याराथनमा चर्चित नाम हो। विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मिरा राईले देश र विदेशमा थुप्र्रै उपाधि जितिसकेकी छिन्।
प्रतिमा शेर्पा नेपालको नम्बर एक महिला गल्फर हुन्। आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। छ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेकी गिरी बर्न सर्भाइभर हुन्। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउन गौरवको विषय रहेको बताए।
बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्र प्रसाद महतोले बैंकले नियुक्त गरेका ब्रान्ड एम्बेस्डरहरुले बैंकलाई अझै उचाइमा पुर्याउनेमा आफू विश्वस्त रहेको बताए। बैंकले पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ। बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।