arrow

कपिलवस्तु काँग्रेसमा संस्थापन निकट आचार्य सभापतिमा निर्वाचित

logo
मणि प्रसाद गैह्रे।
प्रकाशित २०७२ फागुन ३ सोमबार
surendra-rajj-achrya=kapilvastu.jpg.jpeg
कपिलवस्तु। नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तु जिल्ला सभापतिमा पुनः सुरेन्द्र राज आचार्य निवार्चित भएका छन्। तौलीहवास्थित रत्नराज्य लक्ष्मी विद्यालयमा आइतबार भएको निर्वाचनमा सभापतिका अर्का दावेदार राजु अर्याललाई पछाडी पार्दै आचार्य सभापतिमा निवार्चित भएका  हुन्। पुर्व जिल्ला सभापति समेत रहेका सुरेन्द्र राज आचार्यले ५ सय ५६ मत र राजु अर्यालले ३ सय ६६ मत ल्याएका थिए। 
 
त्यस्तै सचिव पदमा महेन्द्र पाठक बिजयी भएका छन्। उनले ५सय मत र शुरेस शर्माको पक्षमा ४ सय मत खसेको थियो। यस्तै कोषाध्यक्षमा २ जनालाई पछि पार्दै शोहरत तेली बिजयी भएका छन। मत परिणाम अनुसार शोहरत तेली.४ सय २१ मत रउफ अहमद खालें ३ सय ६१ मत र मोहन शर्माले १ सय १७ मत ल्याएका थिए। 
 
केन्द्रिय पार्टी सभापति सुशिल कोइरालाको निधन पछि गत २५ गते बाट सूरु भई स्थगित भएको नेपाली काँग्रेस कपिलवस्तुको अधिवेशन अन्र्तगतको निर्वाचन आइतबार गरिएको हो। पाच निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल नौ सय त्रिसठठी मतदाता रहेकोमा उनान्सय प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत शालिकराम बञ्जाडेले जानकारी दिए।
 
यसैविच पुनः सभापति पदमा निर्वाचित हुनुभएका आचार्यले आफूलाई निर्वाचनका क्रममा सहयोग, समर्थन गर्ने सम्पूर्ण सुभचिन्तक, नेता कार्यकर्ता, पार्टी पंक्ति, पत्रकारहरु लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन। जित पछि प्रेस विज्ञप्ती जारी गर्दै सभापति आचार्यले नेपाली काँग्रेस कपिलवस्तुलाई थप बलियो, सुसंगठित बनाएर लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन। कपिलवस्तुमा सबै क्षेत्रमा प्यानलनै संस्थापन पक्षको आएको छ भने महाधिवेशन प्रतिनिधीमा समेत संस्थापन पक्षबाट ८० प्रतिशत बढि प्रतिनिधी छनोट भएका छन। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ